राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ साउन १४, बुधबार

19
Share
Featured
  • राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो नयाँ बानेश्वरमा बस्नेछ।
  • सञ्चारमन्त्रीले चलचित्र विधेयक दफावार छलफलका लागि पेस गर्नेछन्।
  • समितिका सभापतिले विकासशील राष्ट्रसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफलको प्रस्ताव राख्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्नेछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँपृथ्वी सुब्बा गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...