काठमाडौँ ।
विम्बल्डनको उपाधि विश्व नम्बर एक यानिक सिनरले जितका छन्। इटालीका सनरले स्पेनका खेलाडी कार्लोस अल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका हुन्।
बेलायतको सेन्टर कोर्टमा १५ हजारभन्दा बढी दर्शकमाझ सिनरले ३५ दिनअघि मात्र स्पेनिस विश्व नम्बर दुई अल्काराजसँग फ्रेन्च ओपनको हारको बदला लिँदै ४–६, ६–४, ६–४, ६–४ को जित निकाले।
पहिलो सेट अल्काराजलाई सुप्पेका उनले लगातार तिन सेट जिते। पाँच घण्टाभन्दा बढी लामो सेटमा २३ वर्षीयले सिनरले सेन्टर कोर्टमा दुई पटकको डिफेन्डिङ च्याम्पियन अल्काराजलाई हराउन सफल भएका हुन्।
यसै वर्षको सुरुमा तीन महिनाको डोपिङ प्रतिबन्धमा परेका सिनरले आफ्नो करियरको चौथो ग्रान्डस्लाम उपाधि हो।
हारसँगै अल्काराजकको २४ म्याच विजयी यात्रामा मात्र पूर्णबिराम लागेको छैन। २२ वर्षीय अल्काराज लगातार तीन पटक विम्बल्डन उपाधि जित्नबाट पनि वञ्चित भए।
हारपछि अल्काराजले भने, ‘गत महिना पेरिसमा भएको अनुभवलाई आधार मानेर सिनरले जुन तरिकाले जित हासिल गरे, त्यो प्रशंसनीय छ।