काठमाडौँ। पाइलट विजय लामाले अहिलेसम्म नेपाली जनताले आफ्नो राष्ट्रपति नपाएको भन्दै गुनासो गरेका छन् ।
आइतबार समाजिक सञ्जालमार्फत उनले अहिलेसम्म पाएको राष्ट्रपति सबै राजनीती दलबाट भएको टिप्पणी गरेका हुन् ।
पाइलट लामले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजनीतिमा पुनः सक्रियता लाई फेरि खुम्चिएर सामन्य राजनीतिकर्मी बन्ने सोच साङुरो सोच भएको बताएका छन् ।
शनिवार मात्रै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कने बताएकी थिइन् । दुई कार्यकाल राष्ट्रपतिमा रहिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्कन लागेपछि पाइलट लामाले भण्डारीलाई पहिले राष्ट्रको नभएर कुनै पार्टीको मात्रै राष्ट्रपति रहेको भान भएको टिप्पणी गरेका छन् । पाइलट लामाले भण्डारी पुनः राजनीतिमा फर्कन लागेकामा आफूलाई नमज्जा र दुख लागेको समेत बताएका छन् ।
पाइलट लामाले लेखेका छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भन्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेको भन्ने सुन्दा साह्रै नमज्जा अनि दुख लाग्यो १ यदि सत्य हो भने ।
एक हैन दुई दुई कार्यकाल रास्ट्रपति भएर बसि सक्नु भएको अनि सम्पूर्ण नेपालीको भैसकेको भन्ने महसुस भएन तपाइलाइ? कठै कस्तो साङुरो सोच!!
फेरि खुम्चिनु लाग्नु भएको हो एउटा पार्टीको मात्र बनेर? अब हामी सबैलाई थाहा भयो कि हामी नेपालीले हाम्रो आफ्नै रास्ट्रपति पाएका रहेन छौ भनेर!
सम्मानित ओहोदा मा सम्माननिय भएर बसे पछि पनि अब सामन्य राजनीतिकर्मी बन्ने सोच कहाँ बाट आयो???
जय चन्द्र सुर्य
