काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग सफाइ पाएको भोलिपल्टै प्रहरी कर्मचारीको जन्मदिन मनाएको घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
सप्तरीको राजविराज नगरपालिका–६ का आकाश आदर्श ले बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डीएसपी क्वार्टरमा आयोजित पार्टीमा सहभागी भएको विषय बाहिरिएपछि प्रहरी प्रमुख थापानले छानबिनका लागि निर्देशन दिएका हुन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले यस विषयमा आईजीपी थापालाई प्रश्न गरेका थिए । जवाफमा आईजीपी थापालेमधेश प्रदेश प्रहरी कार्यालयलाई घटनाको छानबिन गर्न निर्देशन दिएको बताए । मैले मधेश प्रदेश प्रहरीलाई छानबिन गर्न भनिसकेको छु," उनले भने ।
राजविराज–६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत जेठ ४ गते सफाइ पाएका थिए ।