एकल करातेमा एलिनालाई स्वर्ण

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

28
Share
Featured
  • कीर्तिपुरकी एलिना थिङले महिला एकल कातामा स्वर्ण जित्दै ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
  • महिला टिम कुमुतेमा नागर्जुन नगरपालिकाको टोली पहिलो भयो र ५० हजार नगद पुरस्कार जित्यो।
  • दुईदिने कराते प्रतियोगितामा ८० खेलाडी सहभागी भए; टेबलटेनिसपछि दोस्रो खेलको प्रतिस्पर्धा सम्पन्न भयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गरिन् ।नागार्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५-५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समिक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौँ महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोश्रो भए । गोकर्णेशवरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०-१० हजार नगद पुरस्कार जित्ने छन् ।

दुईदिने प्रतियोगितामा महिलाको २ प्रतिस्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । ५ खेल समावेश बृहत खेलकुदमा २ खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।


यो समाचारमा

काठमाडौँनागार्जुन नगरपालिकाकीर्तिपुर नगरपालिकाटेबल टेनिस
काठमाडौँ महानगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो ।  खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल

    Data is loading...

    Loading brands...

    Loading footer...