बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ असार ०३, मङ्गलबार

51
Share
Featured
  • सोमबार रातिको भारी वर्षाले नवलपुरको विनयी खोलामा रहेको डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • डाइभर्सन बगाउँदा सयौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका छन्, र बाढीको बहाव उच्च रहेकाले मर्मत कार्यमा कठिनाइ भइरहेको छ।
  • यो डाइभर्सन पाचौँ पटक अवरुद्ध भएको हो, जुन अस्थायी रूपमा पुरानो पुल भाँचिएपछि प्रयोगमा ल्याइएको थियो।
  • वैकल्पिक मार्ग हिलाम्मे र चिप्लो भएकाले गाडी चलाउन समस्या, करिब २ सय सवारी साधन लाममा परेका छन् र यात्रुहरू सास्तीमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०३ । 

सोमबार राति परेको भीषण वर्षाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी खोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार,विनयी त्रिवेणी गाउँपालिकामा रहेको खोलामा पानीको बहाव अचानक बढेपछि रातिदेखि नै डाइभर्सन बगाएको हो। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मधु नेपालले बाढीको बहाव नघटेका कारण मर्मत कार्यमा कठिनाइ भइरहेको जानकारी दिए।

गत पुस २६ गते भारतीय हेभी ट्रकले किचेर पुरानो पुल भाँचिएपछि सो स्थानमा डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। यो डाइभर्सनमा अवरोध आएको यो पाँचौँ पटक हो, जसले यात्रुहरूलाई निरन्तर सास्ती दिँदै आएको छ।

वैकल्पिक मार्गमा पनि सास्ती

राजमार्ग अवरुद्ध भएपछि मालबाहक बाहेकका यात्रुबस र साना गाडीलाई होङ्सी सिमेन्टको गेट हुँदै सर्दि-दुम्किबास बजार निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न लगाइएको छ। तर, दाउन्नेको हिलाम्मे र चिप्लो उकालोमा गाडीहरूलाई चल्न निकै समस्या भइरहेको छ। जसका कारण दुम्किबास, अरुणखोला र होङ्सी गेट क्षेत्रमा करिब दुई सय सवारी साधनको लामो लाइन लागेको छ र सयौँ यात्रु समस्यामा परेका छन्।

नयाँ पुल सञ्चालन हुन असार १४ कुर्नुपर्ने

यसैबीच, दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल भने आगामी असार १४ गतेदेखि मात्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ। नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार, जेठ २३ गते अन्तिम ढलान सकिएको पुलमा २८ दिनपछि मात्रै सवारी सञ्चालन गर्न मिल्ने भएकाले उक्त मिति तोकिएको हो। नयाँ पुल सञ्चालनमा नआएसम्म यात्रुले यस्तै सास्ती भोग्नुपर्ने देखिन्छ।

यो समाचारमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)विनयी त्रिवेणी गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...