राजावादी आन्दोलन : महामन्त्रि राणाको सकियो बयान, थुनछेक बहस जारी

Author

सजिलो पत्रिका

२०८२ असार ०२, सोमबार

36
Share
Featured

राणा बाँकी प्रतिवादीको सुनुवाइ सकिएपछि सोमबार अदालतमा उपस्थित भएका हुन् । राणाका सहयोगीका अनुसार, यति बेलासम्म उनका तर्फबाट तीन वकिलले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यसहित तीनजनाको बहस सकिएको छ । 

समाचार सारांशGenerated using AI.

काठमाडौँ ।  काठमाडौँको तिनकुने घटनामा अपराधिक उपद्र र राज्यविरुद्धको कसुरमा अभियुक्त बनाइएका राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा का महामन्त्रि डा. धवल शमशेर राणाको बयान सकिएको छ ।  काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।   

 २०८२ साल चैत्रि १५ गते  तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । जडीबुटीस्थित जडीबुटी कम्पनीसहित निजी घरमा आगजनी र तोडफोड, भाटभटेनी सुपरमार्केटमा लुटपाट गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा पनि आगजनी गरिएको थियो ।

सडकका सीसीटीभी फुटाइएको थियो । प्रहरी र निजी सवारीसाधनमा समेत क्षति पुगेको थियो । घटनापछि त्यही दिन राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउको केही दिनपछि स्वास्थ्य अवस्थाका कारण जिल्ला अदालतको आदेशबाट उनी रिहा भएका थिए ।

राणा बाँकी प्रतिवादीको सुनुवाइ सकिएपछि सोमबार अदालतमा उपस्थित भएका हुन् । राणाका सहयोगीका अनुसार, यति बेलासम्म उनका तर्फबाट तीन वकिलले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यसहित तीनजनाको बहस सकिएको छ । सरकारी वकिलको बहस जारी छ । अन्तिममा राणाका तर्फबाट थप दुई वकिलले बहस गर्ने तयारी छ ।

यो समाचारमा

काठमाडौँडा. धवल शमशेर राणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...