सम्पर्कविहीन युवक धनकुटामा गाडिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ असार ०२, सोमबार

87
Share
Featured
  •  मृतक २५ वर्षीय दिपेश कटवाल जेठ ३० गतेदेखि घरबाट निस्किएर बेपत्ता थिए; त्यसयता परिवारसँग सम्पर्कमा थिएनन्।
  • शव भेटिएको स्थानलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको प्रकृति, संलग्न व्यक्ति वा समूहको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ।
  • शव गाडिएको अवस्था र बेपत्ता रहेको समयावधि हेर्दा घटना योजनाबद्ध हत्या हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, असार ०२ । 

धनकुटाको महालक्ष्मी नगरपालिकामा एक सातादेखि सम्पर्कविहीन रहेका एक युवकको शव गाडिएको अवस्थामा फेला परेको छ। महालक्ष्मी नगरपालिका-१, कटहरेका २५ वर्षीय दिपेश कटवालको शव वडा नं. ७, धरधरेस्थित निर्माणाधीन सडक छेउमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, आइतबार जितपुर–लेगुवा सडक खण्डमा ग्राभेल सम्याउने क्रममा स्थानीयले मानिसको गोडा देखेका थिए। शंका लागेर हेर्दा शव गाडिएको पाइएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।

प्रहरी प्रवक्ता, डीएसपी ओमप्रकाश खनालले मृतकको पहिचान दिपेश कटवालको रूपमा भएको पुष्टि गर्नुभयो। कटवाल जेठ ३० गते घरबाट निस्किएपछि परिवारको सम्पर्कमा थिएनन्।

शवको प्रकृति शङ्कास्पद देखिएकाले घटना हत्या हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी खनालले जानकारी दिए।

यो समाचारमा

काठमाडौँमहालक्ष्मी नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...