रोपाइँमा साली–भेना झैं हाँसो–मजाक चल्छ ।

बाजुरामा रोपाइँको चटारो : ग्रामीण परिवेशको यथार्थ झल्काउने दृश्य सगैँ रजालीका खेतहरू मा किसानहरु(फोटो फिचर)

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

55
Share
Featured

पुरुषहरू एक हातमा लौरो र अर्काे हातले गोरुको पुच्छर समाउँदै ‘हाहा–होहो’ गर्दै खेत जोत्न ब्यस्त हुन्छन् । पानीले भरिएका गोरेटो खेतहरूमा गोरु तान्दै लर्को लाग्छ । उता महिलाहरू एउटै लाइनमा निहुरिएर धान रोप्दै भाका मिलाउँदै असारे गीत गाउँछन । गीतमै सारा दुःख भुलिन्छ, पसिनामाथि पनि मुस्कान देखिन्छ ।

समाचार सारांशGenerated using AI.
  • बाजुरा।  वर्षाको झरीसँगै असार लागेको छ । वर्षाको सिजनसँगै देशभर रोपाईंको चहलपहल सुरु भएको छ ।  किसानहरु खेतीको काममा तलीन देखिन थालेका छन्  । बर्खा लागे  सगैँ बाजुराको बडिमालिका नगरपालिका–३, रजालीका किसानहरूको  विहान बाट साझाँ समै खेतीपातीको काममा ब्यस्त देखिन्छन् ।

पुरुषहरू कोदाली र हलो लिएर गोरु डोर्याउँदै जमिन जोत्न तल्लीन छन्, अर्कातिर महिलाहरू हरियो धानको वेर्ना निकाल्दै, भिजेको छेउमा लाइन मिलाएर रोप्दै छन् । ग्रामीण परिवेशको यथार्थ झल्काउने दृश्य रजालीका खेतहरूमा सजिलै देख्न सकिन्छ् ।


रजालीकी महिला किसानहरू को रोपाइमा भिज्दै, हाँस्दै काम गरिरहने दैनिकी बनिरहेको छ ।  खेतमा हात चलाउँदै गला चलाउने उनीहरुको रोपाईंका भाकाले खेत गुन्जिरहेको छ । खेतका दुई छेउबाट महिलाहरूले दोहोरी गर्दै रोपाईंलाई थप रमाइलो बनाएका छन् ।

बाजुराको बढिमालिका नगरपालिका–३ का किसान धन वहादुर रावल भन्छन्,‘जेठ सुरु हुनासाथ असारको निम्तो आएको जस्तो लाग्छ । असारभर हामी खेत जोत्न, खन्न र कोदो सार्ने काम गर्छौं । आकाशबाट पानी झर्नासाथ खेतबारीको तयारीमा जुट्छौं । अरूले त पानी प¥यो भने ओभानो खोज्लान्, तर हामी भने हत्तपत्त खेततर्फ लाग्छौं । यही समय हो—धान रोप्ने, खेत जोत्न र मेहनत गर्ने ।’


बढिमालिका नगरपालिका–३ रजालीकी जानुका रावल भन्छिन्,‘रोपाइँ हाम्रो संस्कृति र परम्परा हो । यो मौकामा हामी भाका हाल्छौं, गीत गाउँछौं र महिला दिदीबहिनीको भेटघाट पनि यतिबेला नै हुन्छ ।’

स्थानीयहरू भन्छन्,‘रोपाइँमा हिलो, पानी र भोकको प्रवाह हुँदैन । यो बाध्यता मात्र होइन, रहर पनि हो । हामी माया र मेलो साट्दै खेतमै रमाइरहेका हुन्छौं ।’

बुढीनन्दा नगरपालिकाका बल वहादुर रावत भन्छन्,‘किसानको दिन भनेको खेतमै बित्ने दिन हो । हामी पुरुषहरू ‘हली’ बनेर जोत्न र खन्ने गर्छौं भने महिलाहरूलाई ‘राप्नेरी’ भन्छौं । रोपाइँमा साली–भेना झैं हाँसो–मजाक चल्छ । वरपर हिलो छ्यापाछ्याप गरेर रमाउने परम्परा छ, कामसंगै रमाइलो गर्ने हाम्रो शैली हो ।’


वर्षामा हिलोमा भिज्दै, गीत गाउँदै, हाँसखेलका साथ काम गर्ने किसानहरूको यो जीवनशैली साँच्चिकै प्रेरणादायक छ । जहाँ श्रम मात्र होइन, उत्सव पनि सँगसँगै पाइन्छ ।

‘दःख त छ, तर गाउँले काममै रमाउँछौ । गीत गाएर खेत जोत्नु, रोप्नु – हाम्रो संस्कार हो,’ रजालीकी एक स्थानीयले भने ।

‘बाजुराको बुढिनन्दा नगरपालिकामा असारको सुरुवातसँगै रोपाइँको उल्लास फैलिन्छ । पुरुषहरू एक हातमा लौरो र अर्काे हातले गोरुको पुच्छर समाउँदै ‘हाहा–होहो’ गर्दै खेत जोत्न ब्यस्त हुन्छन् । पानीले भरिएका गोरेटो खेतहरूमा गोरु तान्दै लर्को लाग्छ । उता महिलाहरू एउटै लाइनमा निहुरिएर धान रोप्दै भाका मिलाउँदै असारे गीत गाउँछन । गीतमै सारा दुःख भुलिन्छ, पसिनामाथि पनि मुस्कान देखिन्छ ।


यसरी असारको रोपाइँमा रमाउँदै किसानहरू माटोसँग खेल्छन् । गीतसँग गुनगुनाउँछन् र आशासँग बिउ रोप्छन । यही रोपाइँको रमाइलोमा उनीहरूको जिन्दगीले सार्थकता पाउँछ ।

संस्कृति र श्रमको संगम हो रोपाई

रोपाईंको यिनै भाका, हाँसो र माटोको गन्धले ग्रामिण जीवनलाई साँच्चिकै अर्थ दिन्छ । यो केवल कृषि कार्य होइन, एक परम्परागत सांस्कृतिक उत्सव पनि हो । जहाँ श्रम र सृजनाको उत्सव मनाइन्छ खेतमै ।

रजालीका महिलाहरूले एकातिर हरियो धानको विरुवा हातमा लिएर माटोको सतहमा रोप्दै गर्दा, अर्कातिर जीवनको सन्देश पनि रोपिरहेका छन् ।

जहाँ आशा छ, संघर्ष र सामूहिकता । यस्ता दृश्यले गाउँका जीवनशैली, महिला श्रमको सम्मान, र हाम्रो कृषिप्रधान समाजको मौलिकतालाई उजागर गर्छ । 


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...