हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ३ मजदुरको मृत्यु, ३ घाइते

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

65
Share
Featured
  • पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा बारा निवासी तीन मजदुरको मृत्यु, तीन घाइते।
  • गम्भीर घाइते मजदुरहरूलाई विराटनगरको नोबेल मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरे।
  • २०८० असोजमा आएको बाढीले पुरानो पुल बगाएपछि नयाँ बेलिब्रिज जडानको काम भइरहेको थियो।
  • अधुरो जडानको बेला पुल खस्दा मजदुरको ज्यान जानुले निर्माणस्थलमा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असाढ ०१ ।  

मेची राजमार्ग अन्तर्गत पाँचथर खण्डको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।

बेलिब्रिज जडान गर्ने क्रममा खस्दा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल पाँचथर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर महानगरपालिकास्थित नोबेल मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनामा घाइते भएका अन्य तीन जनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

गत वर्ष २०८० असोज १२ गते आएको भीषण बाढीले हेवा खोलाको पुल बगाएपछि उक्त स्थानमा यातायात सञ्चालनका लागि बेलिब्रिज जडानको काम भइरहेको थियो। तर, जडान कार्य सम्पन्न नहुँदै शनिबार उक्त बेलिब्रिज खस्न पुगेको हो।

हेवा खोला पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सिमानामा पर्दछ। यो घटनाले निर्माण कार्यमा खटिएका मजदुरहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यो समाचारमा

हिलिहाङ गाउँपालिकाबाराविराटनगर महानगरपालिकापाँचथर
फिदिम नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...