पत्रकारमाथि पटक–पटक आक्रमण: कटहरियाका मेयर जयसवाललाई कहिले हुन्छ कानुनी कारबाही ?

Author

देवेन्द्र प्रसाद यादव

२०८२ जेठ ३१, शनिबार

29
Share
Featured

रौतहट । 

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले पत्रकारमाथि बारम्बार गरेको आक्रमणका घटनाले गम्भीर प्रश्न खडा गरिरहेको छ।

पछिल्लोपटक बिहीबार साँझ उनले फेरि दुई जना पत्रकारमाथि कुटपिट गरेका छन्, जसपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा विरोध जनाउँदै कानुनी कारबाहीको माग गरेको छ।

नगर प्रमुख जयसवालले कटहरिया म्युजिकल एफएमका पत्रकार रविन्द्र प्रजापति र सागर संगम ठाकुरमाथि समाचार संकलनको विषयलाई लिएर निर्घात कुटपिट गरेका थिए। खानेपानीको पुरानो समस्या र त्यसमा नगर प्रमुखको संलग्नता विषयमा समाचार तयार पार्दा पत्रकारहरूलाई सार्वजनिक स्थानमै बोलाएर आक्रमण गरिएको थियो। पत्रकार ठाकुर गम्भीर घाइते भएका छन् र उनलाई थप उपचारका लागि वीरगंज पठाइएको छ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठका अनुसार यसअघि पनि चिनी मिलको समाचार संकलन गर्न गएका दुई पत्रकारमाथि जयसवालले आक्रमण गरेका थिए, जससम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन छ। उक्त घटनापछि अदालतले नगर प्रमुख जयसवाललाई कानुनी दायरामा ल्याउन आदेश दिइसकेको छ, तर रौतहट प्रहरीले हालसम्म कुनै प्रभावकारी कदम चालेको छैन।

महासंघले जारी विज्ञप्तिमा रौतहट प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल निष्पक्ष छानबिनसहित दोषीमाथि कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ।

स्थानीयबासीहरूले नगर प्रमुख जयसवालमाथि खानेपानीको व्यापारिक लाभका लागि दलाली गर्दै जनताको समस्यालाई बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार नगर प्रमुखको नेतृत्वमा जनताको आवाज दवाउने र पत्रकारमाथि आक्रमण गर्ने प्रवृत्ति बढ्दो छ, जुन लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले खतरनाक संकेत हो।

यसैबीच, नगर प्रमुख अजय प्रकाश जयसवालले आफू घटनामा संलग्न नरहेको दाबी गर्दै एक भिडियो सन्देशमार्फत माफी मागेका छन्। तर माफी माग्नु घटनाको निन्दनीयता कम गर्ने आधार नबन्ने पत्रकार महासंघको ठहर छ। यस घटनाले प्रेस स्वतन्त्रताको सवालमा राज्य संयन्त्रको उदासिनता र पत्रकार सुरक्षा सम्बन्धी मौलिक हकप्रति सरकार गम्भीर नरहेको सन्देश दिएको भन्दै पत्रकारहरूले विरोधका कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन्।

यो समाचारमा

कटहरिया नगरपालिकारौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...