बागलुङमा जीप दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

Author

सजिलो पत्रिका

२०८२ जेठ ३१, शनिबार

110
Share
Featured
  • बागलुङको ढोरपाटनमा जीप दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ।
  • दुर्घटनामा अन्य १२ जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
  • जीप बतासे डाँडाबाट करिब ६० मिटर तल खस्दा दुर्घटना भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,जेठ ३१ । 

बागलुङको ढोरपाटन नगरपालिकामा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार बुर्तिवाङ बजारबाट ढोरपाटनको सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप ढोरपाटन नगरपालिका-५ बतासे डाँडास्थित सडकबाट करिब ६० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले दुर्घटनामा ढोरपाटन-२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको जानकारी दिए। मृतक मध्ये दुई जनाको बुर्तिवाङ अस्पतालमा, एक जनाको मणिपाल अस्पताल पोखरामा र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइतेहरूको पोखरा र पाल्पाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँबागलुङढोरपाटन नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...