यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू (सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ जेठ २८, बुधबार

175
Share
Featured

काठमाडौँ ।

सरकारले कैलाली जिल्लाको लम्की चुँहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई  हस्तान्तरण गर्ने भएको छ । 

गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश  सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिएका छन् । 

बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजानिक गर्दै उक्त बैठकले नेपाल सरकारले नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहमा डा. केशर बहादुर ढकाल  र अतिरिक्त स्वास्थ्य सचिव पदमा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गरेको पनि उनले जानकारी गराए । 

यस्ता छन्,जेठ २६ गते मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  1. असार ६ गतेसम्म इजरायलमा आयोजना हुने एक्सपो २०२५ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । 
  2. २०८२ असार १० गतेदेखि १२ गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
  3. उद्योग, वाणिज्य तथा आपूर्ति २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल—चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने । 
  4. निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।
  5. नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
  6. प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।
  7. शान्तिनगर गाउँपालिका, दाङको केन्द्र वडा नं.४ चिराघाटबाट परिवर्तन गरी वडा नं. ४ जुम्लेकुला कायम गर्ने ।
  8. महालक्ष्मी नगरपालिका, ललितपुर, ललितपुरको केन्द्र वडा नं. ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं. ८ लुभु देवीस्थान कायम गर्ने ।
  9. नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशर बहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने ।
  10.  कैलाली जिल्लाको लम्की चुँहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने । 
  11. नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

यो समाचारमा

शान्तिनगर गाउँपालिकामहालक्ष्मी नगरपालिका, ललितपुरकैलालीसुदूरपश्चिम प्रदेश
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...