एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि १८ करोड बढीको भ्रष्टाचार मुद्दा,(पूर्णपाठसहित)

Author

सजिलो पत्रिका

२०८२ जेठ २२, बिहिबार

98
Share
Featured

काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ। काभ्रेपलान्चोकमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

 २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान थालेको थियो।

मुद्दामा पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायत छन्।  भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ।

मुद्दाको पूर्णपाठ

यो समाचारमा

काभ्रेपलान्चोकमाधवकुमार नेपालअख्तियार दुरुपयोग अनुसन्धान आयोगनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...