सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८२ जेठ २१, बुधबार

45
Share
Featured

काठमाडौँ, २१ जेठ।

 सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

यो समाचारमा

काठमाडौँविष्णुप्रसाद पौडेलरामहरि खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनमा आतंक मच्चाउने जंगली हात्ती 'ध्रुवे' अझै भेटिएन, डार्ट गर्न २५ जनाको टोली परिचालन

    चितवन । ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो ।ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतंक मच्चाउने एउटा जंगली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको

    Data is loading...

    Loading brands...

    Loading footer...