विद्यालय शिक्षा विधेयक चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

Author

सजिलो पत्रिका

२०८२ जेठ ०७, बुधबार

25
Share
Featured

काठमाडौँ ।

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ । आज समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको हो । 

उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर भएर लागेको बताए । उनले  निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर रहेको बताए । 

उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरु छन् तर  विषयहरु भए पनि छलफललाई लम्ब्याँउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु ।’

साथै, विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पु¥याउने गरि छलफल अघि बढाउन सुझाव दिए । 

समिति सभापति अम्बर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पु‍¥याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे । 


यो समाचारमा

रघुजी पन्तकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...