कोसीको नीति तथा कार्यक्रम : पुराना योजनामा मै लिपपोत,यस्तो छ पूर्णपाठ

Author

सजिलो पत्रिका

२०८२ जेठ ०५, सोमबार

45
Share
Featured

काठमाडौँकोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेस गरेका हुन् । 

सरकारले पुरानै योजनालाई लिपपोत गर्दै आफ्नो क्षेत्राधिकारभित्र नरहेका योजना समेत सञ्चालन गर्ने नीति अघि सारेको छ ‌‌। आन्तरिक राजस्वको दायरा बढाउन नीतिगत कानुन संस्थागत सुधार गर्ने, दिगो विकासमा जोड दिने, लगानी सम्मेलनको उपलब्धिलाई आधार बनाई संस्थागत प्रयास गर्ने, पर्यटन वर्षमार्फत राष्ट्रिय पुँजी निर्माण गर्ने, भ्रष्टाचारविरुद्ध रणनीतिक कार्य गर्ने कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारको बजेट कार्यान्वयनलाई विद्युतीकरण गर्न मुख्यमन्त्री ‘ड्यास बोर्ड’ प्रभावकारी बनाउने, कोसी प्रदेश निजामती दिवस मनाउने, प्रदेश निजामती र प्रदेश कर्मचारीलाई निवृत्तिभरण कोष सञ्चालन गर्ने, प्रदेश अनुसन्धान प्रतिष्ठान सञ्चालन गर्ने, संघीयता कार्यान्वयनका निम्ति भएका अध्ययन प्रतिवेदनअनुसार काम गर्ने, प्रदेश स्थानीय तहबीच समस्या समाधान गर्न विषयगत समिति बनाउने, डाटा सेन्टर पूर्वाधार सञ्चालन गर्ने सरकारले तयारी गरेको घोषणा गरिएको छ । 

परियोजना विकास प्रभावकारी बनाउने एकल विन्दु प्रणाली विकास गर्ने, विभिन्न निकायका इन्टर्न प्रयोग गर्ने, भूमि बैंकमार्फत संघ सरकारसँग समन्वय गरी काम गर्ने, परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने विकासकर्तालाई सहयोग गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन संघीय सरकारसँग समन्वय गर्ने र रेलमार्ग विकासमा काम गर्ने नीति लिइने सरकारले लक्ष्य लिएको छ । 

आवधिक योजनाको लक्ष्य गर्ने गरी काम गर्ने, प्रदेश योजना आयोगको भूमिका विस्तार गर्ने, प्रदेश लोकसेवा आयोगको संरचनागत सुधार गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘म अघि बढ्छु’ कार्यक्रमलाई निरन्तरता दिने सरकारको नीति छ । 

यातायात व्यवस्था कार्यालयमा विद्युतीय भुक्तानी सुरु गर्ने, सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाई दुर्घटना न्यूनीकरणमा सरकारले नीति लिने प्रदेश प्रमुख खापुङले जनाए । 

पर्ती जग्गा नापजाँच गरी औद्योगिक प्रयोजनमा लगाउने सरकारको कार्यक्रममार्फत घोषणा गरिएको छ । सार्वजनिक खर्चको मापदण्ड समयानुकूल परिवर्तन गर्ने, बहुवर्षीय योजना थप परिष्कृत गर्ने, स्थानीय तहलाई वित्तीय समानीकरणको अंश बढाउन आवश्यक सहकार्य गर्ने, साना तथा मझौला उद्यमशीलता बढाउने नीति लिइने जनाइएको छ ।

 कोसीमा प्रादेशिक संग्रहालय स्थापना गर्ने, मैथिली र लिम्बू भाषालाई प्रदेशिक भाषा बनाउने नीति लिने, हिमाली र पाहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुधार गर्ने, युवामा अन्तरनिहित क्षमताको प्रष्फुटन गर्न युवा नीति अवलम्बन गरिने उल्लेख गरिएको छ ।‌ 

कोसी प्रदेश खेलकुद ग्राम र  विज्ञान प्रविधि केन्द्र सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ ।

पूर्णपाठ

पूर्णपाठ

यो समाचारमा

कोशी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...