तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

Author

सजिलो पत्रिका

२०८२ वैशाख १२, शुक्रबार

94
Share
Featured

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण भएको बताएका हुन् । 

उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घटयो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरुबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता लाग्यो त ?त्यसैले आयोग गठन गरेर निष्पक्ष छानविन गरि रवीन्द्र मिश्रदुर्गा प्रसाद प्रसाईईँलाई रिहा गर्न माग गर्छु  ।’

त्यस्तै उनले बजेट अधिवेशन सुरु हुन लाग्दा बजेट फेरिपनि नेताहरुको गोजीबाट बन्ने  र नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने भन्दै आशंका व्यक्त गरे । 

उनले भने,‘बजेट अधिवेशन सुरु हुन लागेको छ । बजेट फेरीपनि नेताहरुको गोजीबाट बन्ने नै हो । नेताहरुको निर्वाचन क्षेत्र केन्द्रीत हुने नै हो । तर पनि कामना गर्छु सुधार होस् ,बजेट पुस्तिका च्यात्नुपर्ने विरोध गर्नुपर्ने नबनोस । अहिलको कमजोर अर्थतन्त्रलाई सम्बोधन गर्ने र सुधार गर्ने खालको बनोस् ।’

त्यस्तै उनले राजतन्त्रको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु रहेको भन्दै राजतन्त्र र प्रजातन्त्र एक अर्कोको विकल्प नभएको बताए । राप्रपाले राजसंस्थाको कुरा गर्नुु लोतन्त्रको विरुद्धको हो भन्ने गलत भाष्य नबनाउन पनि उनले आग्रह गरे ।  


यो समाचारमा

रवीन्द्र मिश्रकाठमाडौँराजेन्द्र प्रसाद लिङ्देनदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...