गौरमा लगातार विद्युत् ट्रीपिङका कारण सर्वसाधारण र व्यवसायी हैरानीमा

Author

देवेन्द्र प्रसाद यादव

२०८२ वैशाख १२, शुक्रबार

62
Share1
Featured

रौतहट, पछिल्ला केही दिनयता गौर  बजार क्षेत्रमा बेलुको तिर  लगातार भइरहेको विद्युत् ट्रीपिङका कारण सर्वसाधारण र साना व्यवसायीहरू हैरान भएका छन्। 

गौर नगर पालिका तथा राजदेवी लगायतका क्षेत्रमा पटक-पटक विद्युत् जाने आउने क्रमले जनजीवन मात्र नभई व्यवसायिक कार्यहरूमा समेत प्रत्यक्ष असर परेको छ।

गौर मा  फलैस  पृन्टिङ सञ्चालन गरिरहेका व्यवसायी श्यामेन्द्र गुप्ता  ले  विद्युत् ट्रीपिङले आफ्नो काम दैनिक प्रभावित भइरहेको बताउँछन्। “प्रिन्टिङको काम चलिरहेका बेला अचानक बत्ती जान्छ, कागज मेसिनमै अड्किन्छ, फेरी त्यो निकाल्न आधा घण्टासम्म समय लाग्छ। काम ढिलो हुँदा ग्राहक गुम्न थालेका छन्,” उनले बताए। बारम्बारको ट्रीपिङका कारण मेसिनमा समेत खराबी आउने गरेको उनको भनाइ छ।

“कम्प्युटर, प्रिन्टरजस्ता उपकरणहरू बारम्बारको ट्रीपिङले बिग्रिन थालेका छन्। उपकरण फेर्नुपरे लाखौँ खर्च हुन्छ,” गुप्ताले चिन्ता व्यक्त गरे।

उपभोक्ताहरूले विद्युत् प्राधिकरण गौर रौतहट  वितरण केन्द्रमा पटक–पटक गुनासो गरे पनि समाधान नपाएको जनाएका छन्। “फोन उठ्दैन, उठे पनि कर्मचारीहरूले ढिला सुस्ती र असहयोगी व्यवहार गर्छन्,” गुनासो गर्दै उपभोक्ताहरूले प्राधिकरणको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

बुधवार को दिन बेलुका सात बजे देखि नौ बजे सम्म करिब सैतिस चोटि बिधुत झ्याप्प झ्याप्प भएका थिए भने हिजो बेलुका सो हि समय मा करिब तीस चोटि बिधुत अबरुध भएका थिये।

नेपाल विद्युत् प्राधिकरण गौर  वितरण शाखाका प्रमुखसँग सम्पर्क गर्न खोज्दा पनि कुनै प्रतिक्रिया नआएको उपभोक्ताहरूको भनाइ छ।

स्थानीयहरू र व्यवसायीहरूले विद्युत् ट्रीपिङ समस्या चाँडो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...