भारतको कश्मिरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन

Author

सजिलो पत्रिका

२०८२ वैशाख ११, बिहिबार

24
Share
Featured

जनकपुर

जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । भारतको कश्मिरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् । 

विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । 


उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुतलासमेत जलाएका छन् ।

उनीहरुले हिन्दूहरुलाई एक जुट हुन आग्रह गरेका छन् । कश्मिरमा भएको घटनाले आतंकबादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकबाद बन्द गर्नु पर्ने माग राखेका छन् ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...