म्याद थपका लागि मिश्रलाई अदालत पेस गरिँदै

Author

सजिलो पत्रिका

२०८२ वैशाख ०८, सोमबार

71
Share
Featured

काठमाडौँ  तीनकुनेमा राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई म्याद थपका  गर्नका लागि अदालत पेस गर्ने भएको छ ।

यसअघि दुईपटक थप गरिएको म्याद आज आइतबार सकिने भएपछि मिश्र, दुर्गा प्रसाईं लगायतलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पेस गर्न लागिएको हो ।

चैत १५ गतेकै राति पक्राउ परेका मिश्रलाई यसअघि प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ५ दिन र दोस्रोपटक २४ चैतमा १५ दिनको म्याद पाएको थियो । 

२८ गते पक्राउ परेका प्रसाईंको समेत त्यही म्याद थपमा मिलान गरिएको थियो । उनीसँगै पक्राउ परेका सासंद धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यका कारण गएराति थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने भएको छ ।

उक्त म्याद आज सकिने भएपछि म्याद थपका लागि उनीहरूलाई अदालत पेस गर्ने तयारी भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...