राजेन्द्र लिङ्देनसहितका नेता छुट्छन् कि हिरासतमै रहन्छन् ?

Author

सजिलो पत्रिका

२०८२ वैशाख ०७, आइतबार

92
Share
Featured

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेतालाई छाड्ने कि हिरासतमा राख्ने भन्नेबारे प्रहरीले छलफल थालेको छ ।

उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ ले लिङ्देनसहितका नेतालाई थुनामा राख्ने वा आज साँझसम्म छाड्नेबारे आन्तरिक छलफलमै रहेको बताए ।

‘‘पक्राउ परेका नेताहरू अहिले नै छाड्ने भन्ने कुरा हुँदैन, हामी छलफलमै छौँ,’’ एआईजी तामाङले भने ।

निषेधित क्षेत्र तोड्ने घोषणा गरेर आइतबार राप्रपाले काठमाडौंको बिजुलीबजारदेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो, त्यसै क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लाई सिहंदरबार को दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषा र पहिचानलाई सुदृढ बनायो : सभामुख

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै सभामुख अर्यालले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकताको प्रवर्धनमा भानुभक्तको योगदान ऐतिहासिक र अनुकरणीय रहेको बताए  ।उनले भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषा र पहिचानलाई सुदृढ बनाउन

    Data is loading...

    Loading brands...

    Loading footer...