मनहरीमा एमाले सशक्त बन्दै, समाजवादीका प्रभावशाली नेताहरू पार्टी प्रवेश

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

27
Share
Featured
  • फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ, जहाँ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष रामबहादुर दर्जी लगायत नेताहरू एमालेमा प्रवेश गरेका छन्।
  • एमाले उम्मेदवार महेश कुमार बर्तौलालाई समर्थन गर्दै अघिल्लो चुनावमा विपक्षी कमान्डर रहेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यसपटक मुख्य चुनावी कमान्डर बनेका छन्।
  • बर्तौलाले आफ्नो ३२ महिनाको कार्यकाल समीक्षा गर्दै भूमिहीन समस्या र मध्यवर्ती क्षेत्रको कानुनी जटिलता समाधानमा काम सुरु भइसकेको बताएका छन्, साथै निर्वाचनका लागि एमाले संगठन पूर्ण रूपमा परिचालन गर्ने निर्णय भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्।

एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार वर्तौलाले नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्धिमाया तामाङलगायत नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष दर्जीले एमालेमा पुनः फर्किन पाउँदा आफ्नै घरमा फर्किएको अनुभूति भएको उल्लेख गर्दै अब सम्पूर्ण शक्ति एमालेको विजयका लागि केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।

अघिल्लो निर्वाचनमा बर्तौलाको विपक्षमा रहेर विरोध खतिवडाको चुनावी कमान्ड सम्हालेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यसपटक भने बर्तौलाको मुख्य चुनावी कमान्डरका रूपमा मैदानमा उत्रिएका छन्। बैठकलाई सम्बोधन गर्दै स्याङ्तानले विगतमा आफूलाई संविधान सभा सदस्य बन्न सहयोग गर्ने बर्तौलालाई यसपटक मनैदेखि साथ दिन निर्वाचन परिचालन कमिटीको सह–संयोजकको जिम्मेवारी लिएको जानकारी दिए।

कार्यक्रममा मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकाराज उप्रेतीले मनहरीको दीर्घकालीन समस्या बनेको मध्यवर्ती क्षेत्रको विषय समाधान गर्न महेश बर्तौलाको विकल्प नभएको धारणा व्यक्त गरे।

उम्मेदवार बर्तौलाले आफ्नो ३२ महिनाको कार्यकालको समीक्षा गर्दै जनताले पाँच वर्षका लागि पठाए पनि परिस्थितिवश ३२ महिना मात्र काम गर्न पाएको उल्लेख गरे। बाँकी कार्यकालमा अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या समाधान र मध्यवर्ती क्षेत्रको कानुनी जटिलता फुकाउन नीतिगत तहमा काम सुरु भइसकेको बताए।

बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि मनहरी गाउँपालिकामा एमाले संगठनलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ।

कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य भारती पाठक, जिल्ला कमिटी सदस्यहरू बिरेन्द्र डिसी, लक्ष्मण उप्रेती, कृष्ण लामिछाने, शिवकुमार रिजाल, गीता प्रजा, बर्तौलाका चुनावी फोकल व्यक्ति आशिष अस्लामी, विद्यार्थी नेता प्रभाष घिमिरेलगायतको उपस्थिति रहेको थियो।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश कुमार वर्तौलाकाठमाडौँ
मनहरी गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...