रौतहट निर्वाचन : १५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा पारिँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

27
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै रौतहटमा सुरक्षा रणनीति कडा बनाइएको छ । २७७ मतदानस्थलमध्ये १५२ लाई अतिसंवेदनशील, १०० लाई संवेदनशील र २५ लाई सामान्य सूचीमा राखिएको छ।
  • यसपटक जिल्लामा ५४१ मतदान केन्द्र कायम गरिएका छन् भने अघिल्लो निर्वाचनको तुलनामा गरुडा नगरपालिका–६ मा एक मतदानस्थल थपिएको छ। रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।
  • मतदाताको संख्या २१ हजार १५६ ले बढेर ४ लाख ३६ हजार ६११ पुगेको छ। भयरहित मतदान सुनिश्चित गर्न सुरक्षा निकायले गस्ती, निगरानी र सुरक्षाकर्मी परिचालन तीव्र बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।

जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।

१५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने १०० वटालाई संवेदनशील र बाँकी २५ वटालाई सामान्य सूचीमा राखिएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख्या ५४१ कायम गरिएको जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १ मा ६७, क्षेत्र नं. २ मा ७३, क्षेत्र नं. ३ मा ७७ र क्षेत्र नं. ४ मा ६१ मतदानस्थल कायम गरिएको छ । यस अघिको निर्वाचनमा २७६ मतदानस्थल रहेकामा यस वर्ष गरुडा नगरपालिका–६ मा एउटा नयाँ स्थल थप गरी कुल संख्या २७७ पु¥याइएको उनको भनाइ छ ।

रौतहटमा यस वर्ष मतदाताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। २०७९ को निर्वाचनमा ४ लाख १५ हजार ४५५ मतदाता रहेकोमा यसपटक २१ हजार १५६ जना नयाँ मतदाता थपिएका छन्। यससँगै जिल्लामा कुल मतदाताको संख्या ४ लाख ३६ हजार ६११ पुगेको छ।

२ गाउँपालिका र १६ नगरपालिका गरी १८ वटा स्थानीय तह रहेको रौतहटमा चुनावी सरगर्मी बढेसँगै सुरक्षा निकायले गस्ती र निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी भुसालले भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षाकर्मीको उचित परिचालन र समन्वय भइरहेको बताए। रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।

यो समाचारमा

काठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...