विशेष महाधिवेशन विधानविपरीत छ : खड्का

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार १५:५९

47
Share
Featured
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा केही नेताले विधानविपरीत र अनुशासनबाहिर गतिविधि गरेको आरोप लगाए।
  • कांग्रेसले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको र सर्वसम्मत निर्णयअनुसार आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको उनले बताए।
  • पार्टी एकता जोगाउन संवाद गरिए पनि भ्रम फैलाइएको आरोप लगाउँदै सभापति देउवाले पार्टी विभाजन रोक्न लचिलो प्रस्ताव गरेको खड्काको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।

पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे ।

‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ ।’

उनले नेपाली जनताले कांग्रेसप्रति विश्वास र भरोसा गरेको बेला त्यो विश्वासमा ठेस पुग्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष महाधिवेशनको भेला रोकिएको बताए । पार्टीमा एकताको भाव कायम गर्न विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग संवाद गरिएको भए पनि धेरै विषयमा भ्रम फैलाइएको उनको भनाइ थियो ।

खड्काले सभापति शेर बहादुर देउबाको भनाइ उद्धृत गर्दै भने, ‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईंले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो । पार्टीको विखण्डन रोक्नकै लागि यो तयारी गरिएको हो ।’

उनले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाए ।

यो समाचारमा

काठमाडौँपूर्ण बहादुर खड्कानेपाली काँग्रेसशेर बहादुर देउबा

ट्यागहरू

#नेपाली कांग्रेस#महाधिवेशन#शेरबहादुर देउवा#पार्टी#पूर्णबहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दुर्गा प्रसाईं विमानस्थलबाट नियन्त्रणमा, प्रहरीले पुर्‍यायो घर

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्‍याएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरभित्र पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।प्रहरीका अनुसार निषेधित क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न

    sajilo patrika

    वन्यजन्तु आक्रमणका पीडितलाई ५ लाख सहयोग

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

    भर्खरै

    News Image

    १० वर्षमा २० लाख सवारी उत्पादन घट्यो, चीनको तीव्र प्रतिस्पर्धाले जर्मन अटो उद्योग संकटमा

    News Image

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    News Image

    दुर्गा प्रसाईं विमानस्थलबाट नियन्त्रणमा, प्रहरीले पुर्‍यायो घर

    News Image

    वन्यजन्तु आक्रमणका पीडितलाई ५ लाख सहयोग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू