आजदेखि मकर मेला विधिवत सुरु

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

37
Share
Featured

काठमाडौँ

प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्ने ऐतिहासिक मकर मेला आजदेखि सुरु भएको छ ।

धनुषाको धनुषाधाममा अवस्थित धनुष मन्दिरमा आजदेखि विधिवत मकर मेला सुरु भएको हो । मकर मेला एक महिनासम्म लाग्ने गर्छ तर यसको विशेषता भने प्रत्येक आइतबार दर्शन गर्न आउने श्रद्धालुभक्तजनको भीड हो ।

नेपालभारतका विभिन्न स्थानहरुबाट मकर मेलामा श्रद्धालुभक्तजनहरु आउने गर्छन् । आज विहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको देखिएको छ ।

सीता स्वयम्बरका बेला भगवान रामले तोडेको धनुषको तीन टुक्रामध्ये एक टुक्रा यहीँ धनुषाधाममा खसेको किम्वदन्ति रहेको छ । धनुषको टुक्रा खसेको टाउमा धनुष मन्दिर रहेको छ ।

शरीरको छालामा हुने रोग (एल्हा, दिनाई)बाट छुटकारा पाउन यस मन्दिरमा भाकल गरी भाण्टाको भार चढाउनाले ठिक हुने जनविश्वास रहेको छ ।
माघ महिनाको प्रत्येक आइतबार लाखौंको संख्यामा यस मन्दिरमा श्रद्धालुको भीड हुने गर्छ । पाँच आईतबार दर्शन गर्नाले सय रामेश्वरम दर्शन बराबर हुने जनविश्वास रहेको छ ।

माघ महिनाभरि यहाँ पत्रक र फलामका घरेलु उपकरण (हसिया, हथौडा, खुर्पी)को व्यापार हुने गर्छ । धनुषाधाम नगरपालिका र स्थानीय युवा क्लबहरुले यो मेला व्यवस्थापन गर्ने गरेको छ ।

यो समाचारमा

काठमाडौँनेपालभारतधनुषा
धनुषाधाम नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...