ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणीधाम

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

49
Share
Featured
  • बाजुराको पादुका त्रिवेणी धाम ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो।
  • सतिदेवीको पाउ पतन, तीन नदीको संगम र प्राचीन मन्दिरका कारण यसको धार्मिक मान्यता उच्च छ।
  • संरक्षण, प्रवर्द्धन र स्थानीय सहकार्य भए पादुका धाम अन्तर्राष्ट्रिय धार्मिक गन्तव्य बन्न सक्ने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देशकै दुर्गम तथा मानव विकास सुचकांकको पुछारमा रहेको जिल्ला बाजुरा, हरेक सेवा सुविधाबाट प्रताडित यो जिल्ला विभिन्न सम्भावनाका हिसाबले निकै धनी छ । प्रचुर सम्भावना बोकेका प्रख्यात धार्मिक तथा प्राकृतिक स्थल यहाँ छन्।

बाजुरा धार्मिक क्षेत्रमा पनि उत्तिकै प्रख्यात । धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकादेखि नाटेश्वरी यहिँ छन्। त्यस्तै अन्य सम्भावना भएका थुप्रै धार्मिक स्थलहरु पनि यहाँ अनगिन्ती छन् । धार्मिक हिसाबले बाजुरा झनै प्रख्यात छ ।

नौंवटै स्थानीय तहका अधिकांस स्थानमा विभिन्न धार्मिक आस्थाका धरोहर छन् । जसले एक ऐतिहासिक महत्व बोकेका छन् । त्यस्तै एक ऐतिहासिक महत्व बोकेको धार्मिक आस्थाको धरोहरको रुपमा मानासरोवर कैलाशद्वार पादुका त्रिवेणी धामलाई लिन सकिन्छ ।

पादुका त्रिवेणी धाम बाजुराको बुढीनन्दा नगरपालिका वडा.नम्बर १ मा रहेको धार्मिक आस्थाको धरोहर हो । जहाँ बर्षेनी धार्मिक कार्य, पूजापाठ, विवाह, ब्रतबन्ध लगायतका कामहरु हुने गर्छन् । पादुका त्रिवेणी धामले एक ऐतिहासिक महत्व बोकेको छ ।

हिमाली गाउँपालिका,छिमेकी जिल्ला हुम्ला,मुगुलगायत अन्य जिल्लामा जाने सडकखण्ड तथा रारा पर्यटन मार्ग अन्तरर्गत कर्णाली नदीसँगै जोडिएको प्रसिद्ध धार्मिक स्थल पादुका त्रिवेणी धामको छुट्टै ऐतिहासिक महत्त्व छ । सतिदेविको पाउ पतनसंगै प्राचिन कालमा पाण्डवले बनाएको मन्दिर यहाँ छ ।

बुढिनन्दा, बडीमालिका र शिम्बुनाथको अन्तर स्तुपा भएको ठाउँ, मानासरोवर बडीमालिका, बुढिनन्दाबाट आउने तीनवटा नदीको पनि संगम स्थल भएकाले यसलाई पादुका त्रिवेणी धाम भनिएको हो । पादुका त्रिवेणीधाम सतिदेविको पाउ पतन भएपछि यसको उद्गम भएको हो ।

पादुका तीन नदीको संगम भएको ठाउँ,अन्य धार्मिक स्थलका अन्तर स्तुपा भएको हुनाले यसलाई चिनिने गरिएको छ । यीनै ऐतिहासिक महत्त्वका कारण पादुका त्रिवेणी धाम चिनिएको छ।यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ ।

बाजुराको १ नगरपालिका र ३ गाउँपालिकाको भूगोलका हिसाबले बीच केन्द्रमा रहेको धार्मिक आस्थाको धरोहरका रुपमा यसलाई लिन सकिन्छ । पादुका धाम सुदुरपश्चिम प्रदेशकै एक धार्मिक महत्व बोकेको ऐतिहासिक स्थल हो । यसको संरक्षण,सम्बद्र्धनमा विभिन्न व्यक्ति तथा निकायले सहयोग पुर्याएका छन् ।

पादुका शिवजीको शिवलिङ्ग स्थापना,सतिदेखीको पाउ प्रदान भएको ठाउँ हो। यहाँ राधाकृष्ण मन्दिर र शिव मन्दिर, पशुपति र गणेशको मन्दिर रहेका छन । १ सय ८ वटा शिव लिङ्ग संगै नौ दुर्गा देवीको मन्दिर समेत रहेको छ । नौ ग्रहको पुजा समेत यहाँ हुने गरेको छ । पादुका धार्मिक तथा पवित्र धाम भएकोले यसको अझै संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक देखिन्छ ।

मानसरोवर कैलाशद्वार पादुका त्रिबेणी धाममा स्नान गरे मानवसरोवरसम्म पुग्नै नपर्ने मान्यता रहेको पादुका त्रिबेणी धामका पुजारी मष्टीप्रशाद उपाध्यायले बताए । उनका अनुसार,पादुका पवित्र स्थल भएकोले मानसरोवर जान नसक्ने दर्शनार्थीहरुले पादुकामै दर्शन गरी स्नान गरेको खण्डमा मनोकांक्षा पूरा हुने बताए ।

पादुुका सति देवीको पाउ पतन तथा मानासरोवर बडीमालिका,बुढिनन्दाबाट आउने तीनवटा नदीको संगम स्थल भएकोले यहाँ आएर दर्शन गरेमा फल प्राप्त हुने बताए । मानसरोवरको मुहानबाट आउने पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको महत्त्व बढि रहेको उनको भनाई छ ।

आफू करिब २१ बर्षदेखि पादुुकाधाममै रहेर धार्मिक कार्य गर्दै आएको बताउँदै पुजारी उपाध्यायले हरेक समय विभिन्न पुजापाठ,लगायत विभिन्न पर्वहरुमा मेला समेत लाग्ने गरेको जानकारी दिए ।

पवित्र धार्मिक स्थल पादुका त्रिवेणी धामको अझै प्रचार–प्रसार गर्न सकेको खण्डमा विश्वका चर्चित धार्मिक स्थल जस्तैः बन्न सक्ने बताएका छन् ।
धार्मिक स्थल मध्येकोे एक महत्त्वपूर्ण धार्मिक स्थल पादुका त्रिवेणी धाम बाजुराका दर्जनौँ धार्मिक एवं पर्यटकीय स्थल भन्दा बढी महत्त्व बोकेको पादुका कुण्ड क्षेत्रको रुपमा परिचित छ । पछिल्लो समय पादुका त्रिवेणी धाम अझै संरक्षणको पर्खाइमा छ । विभिन्न सहयोगीदाता तथा निकायको सहयोगमा विभिन्न स्तुपा निर्माण गरिएका छन् ।

यहाँका स्थानीय तहले अझै पादुकाको संरक्षणमा सहयोग पुर्याएको खण्डमा पादुका क्षेत्र गतिशिल रुपमा अघि बढ्ने र पर्यटकहरुलाई समेत आकर्षक गर्ने धार्मिक गन्तव्यको रुपमा विकास हुने सम्भावना छ ।

यहाँको बुढीनन्दा,जगन्नाथ हिमाली र स्वामि कार्तिक गाउँपालिकाले पादुकाको विकासमा सहयोग तथा सहकार्य गरेको खण्डमा पादुका विकासका हिसाबमा समेत फड्को मार्ने देखिन्छ ।

पादुका धामको विकास र बिस्तारमा यहाँका स्थानीय सरकार,जनप्रतिनिधी,स्थानीयले महत्त्वपूर्ण भुमिका खेल्न आवश्यक छ । बाजुरामा कतिपय पुरातात्त्विक धार्मिक स्थल संरक्षणको अभावमा लोपन्मुख अवस्थामा पुगेका छन्।

धर्मको रक्षा गरी पुरातात्त्विक धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएकोले सबैले धार्मिक सम्पदाको संरक्षणमा लाग्न जरुरी रहेको देखिन्छ ।

यो समाचारमा

काठमाडौँबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...