महामन्त्री शर्माले भने : अब पूरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

44
Share
Featured
  • देश र पार्टी रूपान्तरणको संकल्प: विश्वप्रकाश शर्माले दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश परिवर्तन गर्ने अठोटसहित भइरहेको बताए।
  • वर्तमान चुनौतीको स्वीकारोक्ति: कांग्रेसले अहिले विगतभन्दा बढी चुनौती भोगिरहेको उल्लेख गर्दै नेतृत्व तहका कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्वीकार गरे।
  • नयाँ सोचको आवश्यकता: पुरानो सोच र कार्यशैलीले नयाँ परिस्थिति सामना गर्न नसकिने भन्दै राजनीतिक नेतृत्वले समय र परिस्थिति बुझेर मनस्थिति परिवर्तन गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश बदल्ने संकल्पसहित गरिएको बताएका छन् ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उपस्थित प्रतिनिधिहरू कांग्रेस परिवर्तनका साथै देशलाई समुन्नतिको दिशामा लैजान प्रतिबद्ध भएर आएको बताए ।

उनले वर्तमान राष्ट्रिय तथा आन्तरिक परिस्थितिलाई विषम र विशिष्ट भएको उल्लेख गर्दै यही अवस्थामा विशेष महाधिवेशन भइरहेको स्पष्ट पारे ।

उनले भने, ‘आज यो उपस्थिति केवल कांग्रेस बदल्न मात्र आएको छैन, यो उपस्थिति देश बदल्नका लागि आएको छ । हामी कांग्रेस पनि बदल्छौं, देश पनि बदल्छौं । विशेष महाधिवेशन राष्ट्रको विशिष्ट र विषम परस्थिततिका बेलामा भइरहेको छ । भिन्न आन्तरिक अवस्थाको बेलामा पनि भइरहेको छ । यसले एकातर्फ पार्टीभित्र नविन आत्मविश्वासलाई भर्नुछ, अर्कोतर्फ नेपाली समाजमा नविन विश्वास पनि भर्नु छ । त्यसैले पार्टीभित्र नविन आत्मविश्वास भर्ने र नेपाली समाजमा नयाँ विश्वासलाई जोगाउने आत्मविश्वास र विश्वासको अठोटका साथ यो विशेष अधिवेशन भइरहेको छ ।’

महामन्त्री शर्माले कांग्रेस रूपान्तरणको आवश्यकता औंल्याउँदै वर्तमान कांग्रेसले विगतको तुलनामा बढी चुनौती सामना गरिरहेको स्वीकार गरे । पार्टीको नेतृत्व तहमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट गर्दै उनले भने, ‘हामी सबै रुपान्तरित कांग्रेसको पक्षमा छौं । आजको कांग्रेस विगतको भन्दा बढी चुनौतिलाई सामना पनि गरिरहेको छ । आज जे जति कमी कमजोरी भएका छन् पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेका नाताले आज पार्टीको महामन्त्री हामी दुवै पनि जान्दछौं । कि पार्टीमा जे जस्ता कमजोरी भएका छन् त्यो कमजोरीको केही हिस्सा महामन्त्रीका रुपमा ड्राइभिङ सिटको छेउमा बसेको नाताले हामी पनि लिन्छौं । त्यसैले त्यसलाई स्वीकारेर भनेका हौं अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन ।’

उनले पुरानै सोच र कार्यशैलीबाट नयाँ यात्रा सम्भव नहुने भन्दै राजनीतिक र सामाजिक परिवेश परिवर्तन भइसकेको बताए । राजनीतिमा पनि मौसम परिवर्तन हुने उल्लेख गर्दै महामन्त्री शर्माले कहिले अनुकूल त कहिले प्रतिकूल अवस्था आउने बताए । त्यस्तो अवस्थालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा हुनुपर्नेमा जोड दिँदै उनले यस विषयमा कांग्रेस नेतृत्वबाट कमजोरी भएको स्वीकार गरे ।

उनले भने, ‘अब नयाँ परस्थिति बनेको छ नेपालमा । बनेको परस्थितिलाई सामना गर्नका लागि, नयाँ परस्थिति निर्माण गर्नका लागि मनस्थिति पूरानो राखेर हुँदैन । मनस्थितिलाई बदल्नुपर्छ । पूरानै आनिबानीलाई राखेर नयाँ अवस्था बनाउन सकिँदैन । राजनीतिमा पनि मौसम परिवर्तन हुन्छ । राजनीतिमा पनि कहिले मौसम अनुकुल हुन्छ त कहिले प्रतिकुल हुन्छ । त्यो अनुकुलता प्रतिकुलतालाई चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नुपर्छ तर यसमा हामीले कमजोरी गर्यौं ।’

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसविश्वप्रकाश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषा र पहिचानलाई सुदृढ बनायो : सभामुख

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै सभामुख अर्यालले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकताको प्रवर्धनमा भानुभक्तको योगदान ऐतिहासिक र अनुकरणीय रहेको बताए  ।उनले भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषा र पहिचानलाई सुदृढ बनाउन

    Data is loading...

    Loading brands...

    Loading footer...