अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

50
Share
Featured
  • हरि बुढा मगरले अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्दै सेभेन समिट चुनौती पूरा गरेका छन्।
  • उनी दुई घुँडामाथि अपाङ्गता भएका व्यक्तिमध्ये सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो पर्वतारोही बनेका छन्।
  • यो सफलता दृढता, साहस र समावेशी पर्वतारोहणको विश्वस्तरीय प्रेरणाका रूपमा स्थापित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।

यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।

मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।

अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभियान सम्पन्न गरेको थियो ।

यो सफलतासँगै मगर दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति मध्ये सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो पर्वतारोही बनेका छन् । विश्वभर पाँच सयभन्दा कम आरोहीले मात्र हासिल गरेको यो उपलब्धि पर्वतारोहणको सबैभन्दा प्रतिष्ठित मानिन्छ ।

सफल आरोहणपछि मगरले यो अभियान केवल शिखर चुम्ने विषय मात्र नभएको बताए।

‘सपना, समर्पण र निरन्तर प्रयासले असम्भव पनि सम्भव हुन्छ,’ भन्दै उनले टोली, परिवार र समर्थकहरूलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिए।

रोल्पामा जन्मिएका मगर २०१० मा अफगानिस्तानमा भएको आइडी विस्फोटबाट घाइते भएका थिए।

सन् २०२३ मा सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने पहिलो दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति बनेपछि उनले पर्वतारोहणलाई समावेशीकरण र प्रेरणाको माध्यम बनाउँदै आएका छन्।
हिमालयदेखि अन्टार्कटिकासम्मको उनको यात्रा आज दृढता, साहस र समावेशी पर्वतारोहणको प्रेरणादायी कथा बनेको छ ।

यो समाचारमा

सगरमाथा (माउन्ट एभरेस्ट)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वीर अस्पताल क्षेत्रमा बाक्लो भीड, सुरक्षा व्यवस्था कडा (तस्वीर)

    काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएपछि अस्पताल परिसरमा सर्वसाधारण तथा शुभेच्छुकको भीड बढेको छ । केहीले प्रदर्शन समेत गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । तस्वीरः प्रकाश देवकोटा

    Data is loading...

    Loading brands...

    Loading footer...