चिसो बढेपछि घोराहीका विद्यालय तीन दिन बन्द

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

37
Share
Featured
  • अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
  • आजदेखि पुस १८ गतेसम्म सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयमा बिदा दिइएको हो।
  • विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उपमहानगरपालिकाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढेपछि नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीका अनुसार, आज (बुधबार) देखि पुस १८ गतेसम्म पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको हो ।

जिल्लामा सोमबारदेखि बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बिदा दिने निर्णय गरिएको हो । उपमहानगरपालिकाले सबै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

यो समाचारमा

दाङकाठमाडौँघोराही उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...