कांग्रेस निर्वाचनबाट भाग्दैन् तर वातावरण बनाउनुपर्छ : डा.कोइराला

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार २०:४६

24
Share
Featured
  • डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट गर्दै लोकतान्त्रिक पार्टी हार्न सक्छ तर चुनावबाट भाग्दैन भने।
  • उनले शान्ति–सुरक्षाको अवस्था कमजोर भएको र निर्वाचन सफल बनाउन प्रहरी प्रशासनको मनोबल बढाउन सरकार जिम्मेवार हुनुपर्ने बताए।
  • जेनजी आन्दोलन सरकार हटाउन मात्र नभई गहिरो असन्तोषको परिणाम भएको उल्लेख गर्दै अब थप के हुन सक्छ भन्नेबारे गम्भीर विचार गर्नुपर्ने धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले नेपाली काङ्ग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् ।

मंगलबार मोरङ्ग समाज, काठमाडौं (मोसोका) को २६ औं वार्षिक साधारण सभामा उनले निर्वाचनबाट एउटा लोकतान्त्रिक पार्टी हार्न सक्ने सम्भावना भएपनि आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताए ।

प्रहरी प्रशासनको मनोबल गिरेको अवस्थामा निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘देशमा निर्वाचन हुने अवस्था छ कि छैन् भन्ने प्रश्न महत्वपूर्ण छ । हामी निर्वाचनबाट भाग्दैनौं । एउटा लोकतान्त्रिक पार्टी हार्छ वा हार्नसक्छ तर निर्वाचनबाट भाग्दैनौं । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नु पर्यो, शान्ति सुरक्षा दिन सक्नुपर्यो । शान्ति सुरक्षा छ कि छैन् भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ र प्रहरी प्रशासनको मनोबल आजको दिनमा धेरै नै गिरेको छ ।’

नेपाली सेना तेस्रो घेरामा मात्रै बस्ने तर बुथमा सुरक्षा दिने भनेको प्रहरी नै भएकाले उनीहरुको मनोबल बढाउनुपर्ने पनि उनको भनाई छ ।

साथै, उनले एमाले र नेपाली काङ्ग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन नभएको भन्दै अब के के हुन सक्छ त्यो कुरामा विचार गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकार हटाउनको लागि मात्रै जेनजी आन्दोलन भएको र जेनजीहरुले ज्यान गुमाएको हो त ? एमाले र नेपाली काङ्ग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन भएको हो त ? होइन नि । त्यो विद्रोह आधा मात्र भएको छ । आधा हुन बाँकी नै छ र त्यसमा के के हुनसक्छ त्यो कुरा हामीले विचार गर्नु पर्छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं,पूर्वकेन्द्रीय सदस्य रामकृष्ण भट्टराई, मोरङ समाज काठमाडौका अध्यक्ष ओम मास्केलगायतले आफ्नो धारणा राखेका थिए ।

यो समाचारमा

डॉ. शेखर कोईरालानेपाली काँग्रेसकाठमाडौँ

ट्यागहरू

#नेपाली कांग्रेस#निर्वाचन#सरकार#नेपाल प्रहरी#शेखर कोइराला#प्रहरी#डा. शेखर कोइराला#कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    sajilo patrika

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    जलवायु जोखिम न्यूनीकरण र चुरे संरक्षणका लागि झण्डै १ अर्ब बजेट

    वीर अस्पताल क्षेत्रमा बाक्लो भीड, सुरक्षा व्यवस्था कडा (तस्वीर)

    भर्खरै

    News Image

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    News Image

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    News Image

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    News Image

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू