स्रोत र साधन सदूपयोग गर्ने सवालमा राज्यको नीति प्रभावकारी छैन् : पूर्वगर्भनर क्षेत्री

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

20
Share
Featured
  • पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले देशका स्रोत–साधनबारे राज्यको नीति र ध्यान प्रभावकारी नभएको, यार्सागुम्बाजस्ता बहुमूल्य स्रोतको प्रोसेसिङमा समेत तयारी नदेखिएको बताए।
  • उनले कृषि क्षेत्रलाई बेवास्ता गर्न नहुने भन्दै खाद्य नीति र सुरक्षा हुँदाहुँदै पनि चामल र दाल आयातमै निर्भर हुनु दुःखद् रहेको उल्लेख गरे।
  • अर्थविद् डा. विश्वम्भर प्याकुरेलले नेपालले कृषि र रेमिटेन्ससँगै आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनुपर्ने सुझाव दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले देशको स्रोत र साधनको विषयमा राज्यको नीति प्रभावकारी नभएको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित ‘नेपाल विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनः नेपालका लागि अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यार्सागुम्बा संसारले माग गरिरहेको अवस्थामा त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म राज्यले नगरेको बताए ।

उनले भने,‘नेपाल सम्भावना भएको देश हो त भनिराखेका छौं । तर हाम्रो देशलाई स्रोत र साधनबारे खबर नभएको जस्तोलाग्छ । राज्यको त्यसमा ध्यान गएको छैन् । राज्यको नीति पनि देखिएन । यार्सागुम्बा संसारले मागिरहेको छ । चीनले म्यानुफ्याक्चरिङ गरेर यहींबाट लगेर के के प्रगति गरिरहेको छ । तर त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म नेपालले गरिरहेका छैन् ।’

त्यस्तै उनले अहिलेको अवस्थामा देशले कृषिलाई बिर्सन नहुने धारणा राखे । फुड पोलिसी र सेक्युरिटीको कुरा गर्ने तर अहिले पनि चामल भारतबाट ल्याउनुपर्ने अवस्था दुखद् रहेको उनको भनाइ छ ।

‘अहिले पनि हामीे कृषिलाई बिर्सनु हुँदैन् । फुड पोलिसी र सेक्युरिटीको कुरा त गरिरहेको छौं तर चामल भारतबाट नल्याएसम्म खान पाउँदैनौं भन्ने यथार्थ छ । दाल पनि नेपालमा पुग्नेगरी उत्पादन हुँदैन् ।’

सोही कार्यक्रममा बोल्दै अर्थविद् डा.विश्वम्भर प्याकुरेलले नेपालले अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनसक्नुपर्ने बताए ।

‘नेपालले अब अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

यो समाचारमा

भारतकाठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...