जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

12
Share
Featured
  • जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र स्थानीय तह केन्द्रित दलविहिन निर्वाचनका लागि संयुक्त संघर्ष गर्ने सहमति भएको छ।
  • दुबै पक्षले संविधानलाई अपुरो र विभेदकारी ठहर गर्दै संशोधन, परिमार्जन वा आवश्यक परे पुनर्लेखनका लागि तथा संघीय शासन प्रणाली र प्रदेश सशक्तीकरणका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
  • मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु लगायत सीमान्तकृत समुदायको अधिकार, पहिचान र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त आन्दोलन गर्ने सहमति भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ ।

बुधबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

‎कार्यगत एकता घोषणापत्रमा दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहिन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ।

‎घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटीपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ । विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्र (क्तबतभ–ल्बतष्यल) को अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ ।

‎मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ।

साथै राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाइएको छ ।

‎दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति गरेका छन् ।

एकता घोषणामा बोल्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले पनि मधेसी, आदीवासी जनजाति, दलित, पिछडिएको वर्ग मुस्लिम, थारु, महिला लगायतका समुदायहरु अपहेलित अवस्था नै रहेको बताए । उनले यी समुदायहरु नेपालमा आर्थिक रुपले, सामाजिक रुपले र राजनीतिक रुपले बहिष्कृतमा परेको बताए ।

उनले भने, ‘राजतन्त्र निरंकुश व्यवस्थालाई हामीले जनसंघर्ष आन्दोन र क्रान्तिद्वारा अन्त्य गर्यौं । राजनीतिक व्यवस्थामा शासनको प्रणालीमा परिवर्तन आएको छ । राजनीतिक लोकतन्त्र हामीले स्थापित गरेका छौं । तर मुलुक भित्र रहेका विविधता खास गरीकन मधेसी, आदीवासी जनजाति, दलित, पिछडिएको वर्ग मुस्लिम, थारु, महिला लगायतका जुन समुदायहरु छन् ति समुदायहरु नेपालमा राजतन्त्रको उदयसँगै शोषणमा परे, आर्थिक रुपले शोषित भए, सामाजिक रुपले अपहेलित भएका छन् । दुई तिहाई भन्दा बढी जनसंख्या भएका यी शोषित उत्पीडित र उपेक्षित सिमान्तकृत समुदायहरु जो आर्थिक रुपले, सामाजिक रुपले र राजनीतिक रुपले बहिष्कृतमा परेका छन् । ति समुदायहरुलाई न्याय दिलाउन बाँकी छ । अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् ।’

यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...