अब दुई दिनमै राहदानी पाइने, झण्डै चार लाख पासपोर्ट छापिएर आयो

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

17
Share
Featured
  • राहदानी विभागले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने जनाएको छ।
  • करिब ३ लाख ९६ हजार राहदानी पुस्तिका आपूर्ति भइसकेकाले सेवा प्रवाह सहज हुने भएको छ।
  • मंसिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीले पुस १५ भित्र राहदानी पाउनेछन्, त्यसपछिका आवेदकलाई पनि छिटो सेवा दिइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राहदानी विभागले अब दुई कार्यदिनभित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ । करिब चार लाख थान राहदानी छापिएर आइसकेकाले सेवाग्राहीलाई तत्काल राहदानी उपलब्ध गराउन सकिने विभागले जनाएको छ ।

विभागका अनुसार, ३ लाख ९६ हजार थान राहदानी पुस्तिका आपूर्ति भइसकेको छ । यसअघि राहदानी पुस्तिकाको अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको थियो । नयाँ पुस्तिका आएपछि विभागले पूर्ण क्षमतामा काम गर्ने र जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट आवेदन दिएकाहरूलाई सहजै राहदानी वितरण गरिनेछ ।

गत मंसिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीले यही पुस १५ गतेभित्र राहदानी पाउनेछन् । त्यसपछिका आवेदकलाई पनि क्रमशः छिटोभन्दा छिटो राहदानी उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन(तकसेरा सडक सञ्चालनमा आएको हो ।नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको

    Data is loading...

    Loading brands...

    Loading footer...