कांग्रेस जुम्लाको उम्मेदवार सिफारिस टुंगो

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

14
Share
Featured
  • नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये पूर्व सांसद कान्तिका सेजुवाललाई सिफारिस गरेको छ।
  • एकल नाममा सहमति नभएकाले सबै आकांक्षीको नाम केन्द्रमा पठाइयो; प्रतिनिधि सभा निर्वाचनका लागि चारजनाको नाम सिफारिस गरिएको छ।
  • समानुपातिक तर्फ १४ जनाको र राष्ट्रिय सभाका लागि चार जनाको नाम सिफारिस गरिएको छ, जसमा जातीय, महिला र दलित प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
  • कान्तिका सेजुवालको पुनः सिफारिस व्यक्तिगत राजनीतिक पुनरागमन मात्र नभई महिला नेतृत्वको ऐतिहासिक योगदान र निरन्तरताको प्रतीकका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ । नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्व सांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो ।

जिल्ला समितिले एकल नाममा सहमति जुटाउने प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस जुम्लाबाट चार जनाको नाम सिफारिस गरिएको छ । जसमा पार्टी सभापति कर्ण बहादुर शाही, पूर्व सांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आचार्य रहेका छन् ।

कान्तिका सेजुवाल नेपालको पहिलो महिला मेयरका रूपमा स्थानीय शासन र महिला नेतृत्वको इतिहासमा स्थापित नाम हो । पितृसत्तात्मक संरचना बलियो रहेको समयमै नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले महिला सहभागिता, स्थानीय विकास र सुशासनका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा पु¥याएकी थिइन्। उनको पुनः सक्रिय राजनीतिक उपस्थितिलाई कांग्रेसभित्र अनुभवी र प्रतीकात्मक नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ।

त्यसैगरी समानुपातिक तर्फ १४ जनाको नाम सिफारिस गरिएको छ। जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, खस–आर्य समूहबाट धन बहादुर बस्नेत, गोविन्द बहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मी प्रसाद आचार्य र परेकलाल घर्ती रहेका छन्।

दलित तर्फ गोरख बहादुर सुनार, महिला तथा दलित तर्फ माया नेपाली, महिला तर्फ नेत्र कला शाही र नविना के.सी. बडुवाल तथा अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लाल बहादुर जिसी र रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ।

यस्तै राष्ट्रिय सभाका लागि पनि चार जनाको नाम केन्द्रमा पठाइएको छ। काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व मन्त्री भक्त बहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रिय सभाका उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस भएका छन्।

कान्तिका सेजुवालको नाम पुनः सिफारिस हुनु केवल व्यक्तिगत राजनीतिक पुनरागमन मात्र नभई नेपाली राजनीतिमा महिला नेतृत्वको ऐतिहासिक योगदान र त्यसको निरन्तरताको सन्देशका रूपमा समेत हेरिएको छ।

यो समाचारमा

जुम्लाकान्तिका सेजुवालनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन(तकसेरा सडक सञ्चालनमा आएको हो ।नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको

    Data is loading...

    Loading brands...

    Loading footer...