मोरङको बेलबारीबाट १५ वर्षीया किशोरी बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

17
Share
Featured
  • मोरङको बेलबारी–६ धर्मपुरकी १५ वर्षीया वर्षा भुजेल घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी छन्।
  • सोमबार बिहान उनका बुबाले इलाका प्रहरी पोष्ट सोमबारेमा हुलिया निवेदन दिएका छन् र प्रहरी टोली खोजतलासमा खटिएको छ।
  • गोरी वर्ण, ४’८’’ उचाइ, पातलो शरीर, कालो कपाल, भेष्ट र जिन्स लगाएकी वर्षालाई देखेमा नजिकको प्रहरी कार्यालय वा ८७४२८३२५८४ मा जानकारी गरिदिन अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोरङको बेलबारी नगरपालिका–६ धर्मपुरकी १५ वर्षीया वर्षा भुजेल घरबाट आफैं निस्किएपछि सम्पर्कविहीन भएकी छन्। आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेपछि उनका बुबा कुलबहादुर भुजेलले सोमबार बिहान इलाका प्रहरी पोष्ट सोमबारेमा हुलिया निवेदन दिएका छन्।

प्र.स.नि. दुर्गा प्रसाद बास्तोलाको कमाण्डमा प्रहरी टोली खटिएर खोजतलास जारी रहेको छ। वर्षा गोरी वर्ण, ४ फिट ८ इन्च उचाइ, पातलो शरीर, कालो कपाल र भेष्ट तथा जिन्स पाइन्ट लगाएकी थिइन्।

उक्त हुलिया भएकी किशोरीलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको फोन नम्बर ८७४२८३२५८४ मा सम्पर्क गरी सहयोग गरिदिन परिवार र प्रहरीले अनुरोध गरेको छ ।

यो समाचारमा

बेलबारी नगरपालिकामोरङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...