जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न सभामुख घिमिरेको आह्वान

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

21
Share
Featured
  • सभामुख देवराज घिमिरेले संसद् सेवाका कर्मचारीहरूलाई व्यावसायिक निष्ठा, दक्षता र निष्पक्षता बढाउन आह्वान गरेका छन्।
  • उनले संसद् सेवालाई ‘लोकतन्त्रको मन्दिर’ सञ्चालन गर्ने पवित्र जिम्मेवारीका रूपमा व्याख्या गरे।
  • संसद् सेवा दिवस–२०८२ का अवसरमा उनले संविधान कार्यान्वयन र कानुन निर्माणमा संसदीय सेवाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद् सेवामा कार्यरत कर्मचारीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन् ।

संसद् सेवा दिवस–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण कर्मचारीहरूमा सुख, शानति र प्रगतिको कामना गरेका हुन् ।

सभामुख घिमिरेले संसद् सेवालाई 'लोकतन्त्रको मन्दिर' सञ्चालन गर्ने पवित्र जिम्मेवारीको रूपमा व्याख्या गरे । "राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो," उनले भने ।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संघीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्‍याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माणमा अत्यन्त महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन १९ वर्षअघि छुट्टै ऐनमार्फत संसद् सेवा गठन भएको दिनको स्मरणमा हरेक वर्ष मंसिर २८ गते यो दिवस मनाइन्छ ।

यो समाचारमा

काठमाडौँदेवराज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...