काठमाडौँ
युक्रेनी सुमो कुस्ती पहलवान दानिलो याभुसिशिन, जसलाई उनको रिङ नाम ‘आओनिसिकी अराता’ भनेर चिनिन्छ, जापानमा इतिहास रचेका छन्। रुसको पूर्ण आक्रमणपछि २०२२ मा युक्रेन छोडेका उनी २१ वर्षको उमेरमै जापानको प्रतिष्ठित ग्रान्ड सुुमो प्रतियोगिता जित्ने पहिलो युक्रेनी बने। उनले क्युशु ग्रान्ड सुुमो टूर्नामेन्टको निर्णायक भिडन्तमा शीर्ष मंगोलियाली पहलवान होस्योर्यु टोमोकात्सुलाई पराजित गरे।
उपलब्धिपछि आयोजित समारोहमा जब उनीसँग सफलताबारे सोधियो, उनले विनम्रतापूर्वक यो आफ्नो सुरुवात मात्रै भएको बताए। उनी आफ्नो सुुमो प्रदर्शनले युद्धग्रस्त युक्रेनमा रहेका मानिसलाई हौसला दिने आशा समेत व्यक्त गर्छन्। उनलाई जापानका प्रधानमन्त्रीका सल्लाहकार ताकाहिरो इनोउएले प्रधानमन्त्री कप प्रदान गरेका थिए।
याभुसिशिनले २०१९ मा एक जापानी पहलवानसँग भएको मित्रतापूर्वक भेटपछि सुुमो करिअरको सपना देखेका थिए। रूस–युक्रेन युद्ध सुरु भएपछि उनले जापानमै बस्दै आफ्नो प्रशिक्षण र प्रतिस्पर्धात्मक यात्रालाई निरन्तरता दिए। उनको प्रगति र दृढताले उनलाई अहिले विश्व सुुमो जगतको तीव्र उदाउँदो तारा बनाएको छ।
युक्रेन पहिलेदेखि नै ओलम्पिक कुस्तीमा प्रभावशाली राष्ट्र मानिन्छ, जसमा २०२० टोकियो ओलम्पिकमा झान बेलिनियुकले स्वर्ण जितेका थिए। सुुमो पनि विश्वभर विस्तारिँदैछ, जसको एउटा उदाहरण गत महिनामा लन्डनको रोयल अल्बर्ट हलमा आयोजना गरिएको ऐतिहासिक टुर्नामेन्ट हो। त्यस पाँचदिने प्रतियोगितामा २६ वर्षीय होस्योर्युलाई विजेता घोषित गरिएको थियो।