दसैँ बिदामा पनि बैंक तथा वित्तीय संस्थाका सेवा जारी, ग्राहकलाई सहज पहुँच

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

19
Share
Featured
  • दसैं विदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गरिरहेका छन्, तर अधिकाँश शाखा सीमित समयका लागि सञ्चालन हुनेछन्।
  • बैंकले ग्राहकको चाप र सेवाको प्रकार अनुसार कुन शाखा कहिले खुला रहने जानकारी वेभसाइटमार्फत उपलब्ध गराएका छन्।
  • काठमाडौं उपत्यकाका महानवमी (असोज १५) का लागि खुला रहने शाखा र समय सरल इन्फोग्राफिक्समार्फत सार्वजनिक गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदाको समयमा पनि आफ्नो सेवा दिइरहेका छन् । सबैजसो क वर्गका बैंकले निश्चित समयका लागि सीमित सेवा दिने गरी आफ्ना शाखा कार्यालय र काउन्टरहरु सञ्चालनमा ल्याएका छन् ।

बैंकहरुले ग्राहकको चाप, सेवाको किसिम आदि हेरेर आफ्ना विभिन्न शाखाहरु खुला रहने सूचना सार्वजनिक गरेका छन् ।

बैंकहरुले मुख्य सहर र देशैभरका शाखाहरु निश्चित समयका लागि खुला राख्ने गरी सार्वजनिक सूचना नै जारी गरेका छन् ।

बैंकहरुले आफ्नो वेभसाइटमा कुन कुन शाखा कति कति बजे खुल्छन् र के के सेवा लिन पाइन्छ भनेर सूचना राखेका छन् ।

बैंक अनुसार कहाँ के छ भनेर बुझ्नका लागि आफू ग्राहक रहेको बैंकको वेभसाइटमा गएर हेर्न सकिन्छ ।

काठमाडौं उपत्यकाका लागि महानवमी अर्थात् असोज १५ गते बुधबार खुला रहने बैंक, उनीहरुका शाखा कार्यालय र खुल्ने समयबारे यहाँ सरल इन्फोग्राफिक्समा दिइएको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दुई हस्ताक्षर नजुट्दा ३ महिनासम्म क्यान्सर अस्पतालका कर्मचारी भोकभोकै, नयाँ अध्यक्ष आएपछि मिल्यो निकास

    चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ ।गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा. योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हालेसंगै रोकिएको भुक्तानी थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका

    Data is loading...

    Loading brands...

    Loading footer...