बाजुरामा बेवारिसे अवस्थामा एक महिलाकाे शव फेला

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

16
Share
Featured
  • बाजुराको बुढीगंगा–६ स्थित खोलामा ४५ वर्षीया ईश्वरी थापा मृत अवस्थामा फेला परेकी छन्।
  • उनी बुढीगंगा–५ निमनी निवासी वीर बहादुर थापाकी श्रीमती हुन्, जसको शव कालापानी झुलङ्गे पुल नजिक भेटिएको हो।
  • शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

बाजुरा । बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ६ स्थित  खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो । 

मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।

उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनको शव फेला परेको बताए । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त लास पोस्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएको बताए । 

लास पार्टमार्टमको लागी अस्पताल बाजुराको शव गृहमा राखिएको प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


यो समाचारमा

बाजुराबुढीगंगा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन(तकसेरा सडक सञ्चालनमा आएको हो ।नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको

    Data is loading...

    Loading brands...

    Loading footer...