नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

40
Share
Featured

काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो । 

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।

अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सोमबार दिउसो आयोजित समारोहमा सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । 


यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पञ्जाबकाे परीक्षामा पनि धाँधलीः केजरीवालको मौनता किन ?

    काठमाडौं । भारतको पञ्जाबमा फर्मासिस्ट भर्ती परीक्षामा भएको ठूलो धाँधलीलाई लिएर भारतीय जनता पार्टी (भाजपा) ले आम आदमी पार्टी (आप) र अरविन्द केजरीवालमाथि प्रहार गरेको छ। दिल्लीमा ‘नीट’ (NEET) परीक्षाको विरोध गरिरहेको ‘आप’ आफ्नै सरकार रहेको पञ्जाबमा भएको धाँधलीमा मौन बसेको भन्दै भाजपाले प्रश्न उठाएको हो।बाबा फरिद युनिभर्सिटीले ४५४ फर्मासिस्ट

    Data is loading...

    Loading brands...

    Loading footer...