आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ भदौ २९, आइतबार

12
Share
Featured
  • आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ । 
  • नेपालले १९९० सेप्टेम्बर १४ मा बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ।
  • बाल अधिकारमा बाँच्न, विकास गर्न, संरक्षण पाउन र सामाजिक/नीतिगत गतिविधिमा सहभागिता जनाउन पाउने अधिकारहरू समेटिन्छन्।
  • महासन्धि १९८९ मा संयुक्त राष्ट्रसंघले पारित गरेको हो र नेपालले यसलाई संविधानमै समेट्दै व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।

बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो ।

बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ ।  आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन-तकसेरा सडक सञ्चालनमा आएको हो । नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो

    Data is loading...

    Loading brands...

    Loading footer...