ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी

Author

सजिलो पत्रिका

२०८२ भदौ २४, मङ्गलबार

9
Share
Featured
  • आक्रोशित प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित निजी निवासमा तोडफोडपछि आगजनी गरेका छन्।
  • पर्खाल नाघेर भित्र पस्दै घरमा आगो लगाइएपछि ठूलो धुवाँ निस्किरहेको र भीडले नाराबाजी गरिरहेको छ।
  • प्रहरी दमनमा युवाहरूको मृत्यु भएपछि देशभर नेतामन्त्रीका घरलाई लक्षित गर्दै तोडफोड र आगजनीका घटनाहरू बढिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका आक्रोशित प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दिपक खड्काको बूढानीलकण्ठस्थित निजी निवासमा तोडफोड र आगजनी गरेका छन्। ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूले मन्त्री खड्काको घर घेराउ गरी सुरुमा तोडफोड गरेका थिए।

त्यसपछि पर्खाल नाघेर भित्र प्रवेश गरेका उनीहरूले निवासमा आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले मन्त्री खड्काको घरबाट ठूलो धुवाँको मुस्लो निस्किरहेको देखिन्छ भने प्रदर्शनकारीहरूले निरन्तर नाराबाजी गरिरहेका छन्।

सोमबारको प्रदर्शनमा भएको प्रहरी दमन र युवाहरूको मृत्युपछि देशभर नेता तथा मन्त्रीका निवासहरू लक्षित गरी प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि गरिरहेका छन्। काठमाडौं उपत्यकामा जारी कर्फ्यू आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड, ढुंगामुढा र आगजनीका घटनाहरूलाई निरन्तरता दिएका छन्। यो घटना पछिल्लो राजनीतिक संकट र जनआक्रोशको थप एक प्रमाण हो।

यो समाचारमा

दिपक खड्काकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...