सहकारी हिनामिना प्रकरण: सांसद गीता बस्नेत १५ लाख धरौटीमा रिहा

Author

सजिलो पत्रिका

२०८२ भदौ १९, बिहिबार

22
Share
Featured
  • सहकारी रकम हिनामिना आरोपमा मुछिएकी सांसद गीता बस्नेत १५ लाख धरौटी बुझाएर नवलपुर अदालतबाट रिहा भएकी छन्
  • बस्नेतसहित ३५ जनाविरुद्ध छिपछिपे सहकारीको १६ करोडभन्दा बढी रकम अपचलन मुद्दा दर्ता।
  • उनले विभिन्न सहकारीमार्फत रकम निकासी गरी गुलरियास्थित कृष्णसार रिसोर्टमा लगानी गरेको अनुसन्धानले देखाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहकारीको रकम हिनामिना गरेको आरोपमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा सदस्य गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन्। नवलपुर जिल्ला अदालतबाट बुधबार धरौटी बुझाएर उनी रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन्। बस्नेत अदालतमा उपस्थित भई धरौटी बुझाएपछि रिहा भएको अर्यालले पुष्टि गरिन्।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा सांसद बस्नेत, उनका ज्वाँई नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। सांसद बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउपूर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनको पार्टी राप्रपाले पनि अदालतमा उपस्थित भई छानबिनमा सहयोग गर्न निर्देशन दिएको थियो। तर, उनी एक वर्षपछि मात्र अदालतमा उपस्थित भएकी हुन्।

प्रहरीको भनाइअनुसार, सांसद बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवलपुरको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाई नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गराएर हिनामिना गरेकी थिइन्।

बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको प्रदेश रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको थियो। छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपियाँ हिनामिना भएको घटनामाथि अझै छानबिन चलिरहेको छ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभाराष्ट्रिय प्रजातन्त्र पार्टीगीता बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...