अदालतको अवहेलनामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार

26
Share
Featured

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालबाट लेखेर अदालतमाथि अनास्था फैलाउने काम गरेको भन्दै उनीविरुद्ध उजुरी दिएको उल्लेख छ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ सँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । अदालतको अवहेलना मुद्दामा उनीसँग लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा अदालतका विरुद्ध लेखेको भन्दै उनीविरुद्ध मोरङका एक विद्यार्थीले निवेदन दिएका थिए ।

मोरङ स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्टबाट अदालतको अवहेलना भएको जिकिरसहित निवेदन दर्ता गराएका थिए ।

श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने टिप्पणी फेसबुकबाटै गरेका थिए ।

“अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन,” श्रेष्ठले लेखेका थिए ।

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालबाट लेखेर अदालतमाथि अनास्था फैलाउने काम गरेको भन्दै उनीविरुद्ध उजुरी दिएको उल्लेख छ । उक्त मुद्दामा बहस गर्दै अधिवक्ता अर्जुनबहादुर खड्काले माओवादी नेता श्रेष्ठले दिएको अभिव्यक्ति कारबाहीयोग्य भएको बताउँदै कारबाही हुनुपर्ने जिकिर गरेका थिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय माग गरिएको छ । कसूर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद वा दश हजाररुपैयाँसम्म वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ ।

 

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नारायण काजी श्रेष्ठकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन-तकसेरा सडक सञ्चालनमा आएको हो । नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो

    Data is loading...

    Loading brands...

    Loading footer...