क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

Author

सजिलो पत्रिका

२०८२ जेठ २७, मङ्गलबार

67
Share
Featured

काठमाडौँ,जेठ २७ । 

संयुक्त राज्य अमेरिका क्यालिफोर्नियमका गभर्नर गेभिन नुस्सामले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने घोषणा गरेका छन्। लस एन्जलसमा जारी आप्रवासी प्रदर्शन नियन्त्रण गर्न आफ्नो अनुमतिबिना ट्रम्पले राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै नुस्सामले यो कडा कदम चाल्ने भएका हुन्।

सामाजिक सञ्जाल 'एक्स'मा गभर्नर नुस्सामले ट्रम्पको कदमलाई गैरकानूनी र उक्साहटपूर्ण भन्दै लेखेका छन्, “डोनाल्ड ट्रम्प यही चाहन्थे। उनले आगो लगाउन उक्साए र गैरकानुनी रूपमा राष्ट्रिय गार्ड तैनाथ गरे। उनले हस्ताक्षर गरेको आदेश क्यालिफोर्नियामा मात्र लागु हुँदैन, यसले उनलाई कुनै पनि राज्यमा गएर त्यही काम गर्न अनुमति दिनेछ। हामी उनलाई मुद्दा हाल्दै छौँ।”

के हो विवाद?

अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध धरपकड अभियान चलाएपछि लस एन्जलसमा शुक्रबारदेखि विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रदर्शनकारीले आगजनीसमेत गरेका छन्।

प्रदर्शन चर्किएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसमा २,००० राष्ट्रिय गार्ड तैनाथ गर्न आदेश दिएका थिए। यही आदेशलाई गभर्नर नुस्सामले राज्यको अधिकारमाथिको हस्तक्षेप भन्दै चुनौती दिएका हुन्।

यसैबीच, अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि राष्ट्रपति ट्रम्पको यो कदमको आलोचना गरेकी छन्। उनले यसलाई संघीय शक्तिको दुरुपयोगको संज्ञा दिएकी छन्। यो घटनाले अमेरिकामा संघीय सरकार र राज्य सरकारबीचको अधिकारको लडाइँलाई फेरि सतहमा ल्याइदिएको छ।

यो समाचारमा

क्यालिफोर्नियमकाठमाडौँसंयुक्त राज्य अमेरिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानको अमेरिकालाई चेतावनी, सम्झौता उल्लंघन भए कडा जवाफ दिने

    काठमाडौँ।इरानले संयुक्त राज्य अमेरिका वा उसका साझेदार राष्ट्रहरूले वार्ताका लागि तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू अघि सारेमा कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी संसदका सभामुख एवं शीर्ष वार्ताकार मोहम्मद बगेर गालिबाफले सामाजिक सञ्जालमार्फत विपक्षी पक्षबाट हुने सम्झौता विपरीतका गतिविधि सह्य नहुने स्पष्ट पारेका हुन्।सभामुख गालिबाफले

    Data is loading...

    Loading brands...

    Loading footer...