जनमत पार्टीको विवाद सडकमा: निलम्बित उपाध्यक्ष साहमाथि छ्यापे कालोमोसो

Author

सजिलो पत्रिका

२०८२ असार २९, आइतबार

35
Share
Featured
  • जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साहमाथि बाराको गढीमाईमा 'जनसंवाद यात्रा'का क्रममा कालोमोसो छ्यापिएको छ।
  • साहले पार्टी अध्यक्ष सिके राउत निकट विकास सिंहको नेतृत्वमा आक्रमण भएको आरोप लगाउँदै आफूहरूलाई धम्की दिइँदै आएको बताएका छन्।
  • साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र सदस्य वीरेन्द्र साहद्वारा सुरु गरिएको 'जनसंवाद यात्रा'लाई पार्टीभित्रको सशक्तीकरणको संघर्षका रूपमा व्याख्या गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनमत पार्टीभित्रको आन्तरिक कलह सडकमा पोखिएको छ । पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा कालोमोसो प्रहार भएको छ ।

पार्टी नेतृत्वसँग असन्तुष्ट पक्षले सुरु गरेको 'जनसंवाद यात्रा'का क्रममा शनिबार बिहान करिब ११ बजे बाराको गढीमाई नगरपालिका–३ स्थित दहियाचोकमा उनीमाथि कालोमोसो छ्यापिएको हो ।

निलम्बित उपाध्यक्ष साहले पार्टी अध्यक्ष चन्द्रकान्त राउतको निर्देशनमा केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा आएको समूहले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै साहले भने, “जनसंवाद यात्राको क्रममा खाना खाएर निस्किँदै गर्दा अध्यक्ष राउत निकट मानिने विकास सिंहको नेतृत्वमा आएको टोलीले ममाथि कालोमोसो छ्याप्यो । हामीले यो यात्रा सुरु गरेदेखि नै अध्यक्ष निकट व्यक्तिहरूबाट बाहिर ननिस्किन निरन्तर धम्की आइरहेको थियो ।”

पार्टी र यसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन भन्दै साहलगायत असन्तुष्ट समूहले शुक्रबार रौतहटबाट ‘जनसंवाद यात्रा’ सुरु गरेको थियो । यो यात्राको अगुवाइ निलम्बित उपाध्यक्ष साह, निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारले गरेका छन् । उनीहरूले यसलाई पार्टी सुदृढीकरणका लागि एक 'अन्तरसंघर्ष' को रुपमा व्याख्या गरेका छन् ।

यो घटनाले जनमत पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको र सडकमै देखिन थालेको स्पष्ट संकेत गरेको छ ।

यो समाचारमा

गढीमाई नगरपालिकाकाठमाडौँबाराचन्द्रकान्त राउत
जनमत पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...