दशौँ पटक डाइभर्सन बनाएपछि विनयी खोलामा राजमार्ग एकतर्फी सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

54
Share
Featured
  • विनयी खोलामा डाइभर्सन निर्माणपछि महेन्द्र राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
  • डाइभर्सन दशौँ प्रयासमा सफल भएको हो; पहिलेका सबै बाढीले बगाएका थिए।
  • साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म दाउन्ने खण्डमा यातायात बन्द रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दुई दिनदेखि बाढीले अवरुद्ध महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासस्थित विनयी खोला खण्ड एकतर्फी सञ्चालनमा आएको छ। बुधबार अपराह्न डाइभर्सन निर्माण सम्पन्न भएपछि राजमार्गमा यातायात पुनः सञ्चालन भएको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार, बुधबार साँझ ५:३० बजेबाट डाइभर्सनमार्फत सवारीसाधन सञ्चालनमा ल्याइएको छ। यो पटक निर्माण गरिएको डाइभर्सन विनयी खोलामा दशौँ पटकको प्रयास हो। यसअघि निर्माण गरिएका नौ वटै डाइभर्सन बाढीले बगाएको थियो।

डाइभर्सन सञ्चालनमा आएसँगै गैंडाकोटदेखि दुम्कीबाससम्मको करिब ५० किलोमिटर क्षेत्रमा रोकिएका सयौँ ट्रक र लामा दूरीका सवारीसाधनहरू गन्तव्यतर्फ पठाइएको छ। यद्यपि, दाउन्ने सडक खण्डमा मर्मत कार्य जारी रहेकाले हरेक साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात बन्द गरिने प्रहरीले जनाएको छ।

गत पुस २६ गते विनयी खोलाको फलामे पुल भाँचिएपछि सो स्थानमा डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ। तर, वर्षायाममा बाढी आउनासाथ डाइभर्सन बगाउने समस्याले यात्रुहरूले सास्ती खेप्दै आएका छन् र यो जोखिम अझै कायमै छ।

यो समाचारमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन-तकसेरा सडक सञ्चालनमा आएको हो । नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो

    Data is loading...

    Loading brands...

    Loading footer...