सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा

Author

सजिलो पत्रिका

२०८२ असार ०८, आइतबार

66
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै आइतबारको प्रतिनिधि सभा बैठक बहिष्कार गरे।
  • बैठकको सुरुमा वेल घेरेर विरोध जनाए पनि सत्तापक्षका सांसदहरूले बोल्न थालेपछि मात्र बाहिरिए
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आइतबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै २६ दिनदेखि आन्दोलनरत रास्वपाले बैठकको सुरुमा वेल घेराउ गरेर विरोध जनाएपछि सभाकक्षबाट बाहिरिएका हुन्।

बैठकको सुरुमा बोलेर वेल घेराउ गरेका रास्वपा सांसदहरू, सत्तापक्ष नेपाली काँग्रेस र नेकपा (एमाले)का सांसदहरूले बजेटको खर्च कटौती प्रस्तावमाथि बोल्न थालेपछि बैठक कक्षबाट बाहिरिएका थिए। रोचक त के छ भने, उनीहरू प्रतिपक्षी दलका अन्य सांसदहरूले बोल्दा भने वेलमै उभिएर सुनेका थिए, जसले उनीहरूको विरोध सत्तापक्षप्रति केन्द्रित रहेको देखाउँछ।

रास्वपाका प्रवक्ता मनिष झाले विरोधस्वरुप बैठक बहिस्कार गरिएको पुष्टि गरे।

रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विगत २६ दिनदेखि लगातार संसदमा विरोध प्रदर्शन गर्दै आएको छ। यद्यपि, रास्वपाको निरन्तर अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले भने संसदको कामकारबाहीलाई अगाडि बढाइरहेका छन्।

यो समाचारमा

मनिष झादेवराज घिमिरेनेपाली काँग्रेसप्रतिनिधि सभा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।मुहान

    Data is loading...

    Loading brands...

    Loading footer...