एयर इन्डियालाई नियम उल्लंघन गरेको भन्दै भारतीय नागरिक उड्डयन प्राधिकरण को चेतावनी

Author

सजिलो पत्रिका

२०८२ असार ०६, शुक्रबार

37
Share
Featured

उक्त दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो । एकजना मात्र बाँच्न सफल भएका थिए । ती कागजात दुर्घटनाको केही दिनअगाडि नै रोयटर्सलाई पठाइएको थियो ।

यर इन्डियाले बताए अनुसार, एक अर्को विषयमा एयर इन्डियाको इन्जिनियरिङ सेवाका एक इन्जिनियरले मर्मतको क्रममा गल्तीले एस्केप स्लाइड खोलिदिएपछि यो समस्या उजागर  भएको बताएका थिए ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । भारतीय नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई सुरक्षा नियम उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ । सरकारी दस्तावेज अनुसार एयरबसका विमानहरूको आपतकालीन उपकरणको निरीक्षण समयमै नगरी विमान उडाए उडाएकै कारण पनि दुर्घटाना को जोखिम बढेको रोयटर्सले जनाएको छ ।

रोयटर्सले प्राप्त गरेका यी चेतावनी र जाँच प्रतिवेदन गत हप्ता दुर्घटना भएको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनासँग कुनै सम्बन्ध नरहेको बताइएको छ । उक्त दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो । एकजना मात्र बाँच्न सफल भएका थिए । ती कागजात दुर्घटनाको केही दिनअगाडि नै रोयटर्सलाई पठाइएको थियो ।

नागरिक उड्डयन महानिर्देशकले गत मेमा गरेको अचानक निरीक्षणमा तीनवटा एयरबस विमानमा ‘आपतकालीन एस्केप स्लाइड’ जस्तो महत्वपूर्ण उपकरणको अनिवार्य निरीक्षण नभए पनि उडान भरेको पत्ता लागेको छ । एउटा ए ३२० एयरबस जेटको निरीक्षण एक महिना ढिला भई १५ मेमा मात्र गरिएको भेटिएको थियो । 

एयरनाव रडार डाटाअनुसार, यो बीचमा उक्त विमानले दुबई, रियाद र जेद्दाजस्ता अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान भरेको पाइएको थियो । अर्को विषयमा, घरेलु उडानमा प्रयोग भएको एयरबस ए ३१९ को निरीक्षण तीन महिना ढिला भएको देखिएको छ । तेस्रो विमानको निरीक्षण दुई दिन ढिला भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको प्रतिवेदनले म्याद समाप्त वा प्रमाणीकरण नभएको आपतकालीन उपकरणहरूसहित उडानमा पठाइएका थिए । विमानको मामदण्ड, योग्यता र सुरक्षा आवश्यकताको उल्लंघन भएको बताइएको छ ।प्रतिवेदनमा एयर इन्डियाले गरेका कमजोरी नहटाएर प्रक्रियागत नियन्त्रण र निरीक्षणमा कमजोरी देखिएको उल्लेख गरेको छ ।

एयर इन्डिया सन् २०२२ मा टाटा समूहले सरकारबाट किनेको थियो । उसले एक विज्ञप्तिमा उनीहरू एस्केप स्लाइडको म्यादसहित सबै मर्मत सम्बन्धी रेकर्ड जाँच गर्न प्रक्रिया अघि बढाउँदै गरेको र आउँदा केही दिनमा यो प्रक्रिया पूरा गर्ने बताएको छ । 

एयर इन्डियाले बताए अनुसार, एक अर्को विषयमा एयर इन्डियाको इन्जिनियरिङ सेवाका एक इन्जिनियरले मर्मतको क्रममा गल्तीले एस्केप स्लाइड खोलिदिएपछि यो समस्या उजागर  भएको बताएका थिए । रोयटर्स 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सोमबार बिहान न्यु जर्सीस्थित रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।यसअघि सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको स्पेनका लागि यो ऐतिहासिक दोस्रो सफलता हो।

    Data is loading...

    Loading brands...

    Loading footer...